प्रचण्ड–माधव समूहले ओलीलाई पार्टी सदस्यबाट आज निष्काशन गर्ने
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार २०:६:२५
११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको नेकपामा एकले अर्कालाई निष्काशन गर्ने होड नै चलेको छ । पुष ५ गते प्रतिनिधिसभा विघटन गरिएपछिको श्रृँखलावद्ध घटनाक्रम हेर्ने हो भने ओली र प्रचण्ड–माधव पक्ष एक्स्ट्रम प्वाइण्टमै पुगेको देखिन्छ ।
पुष ६ गते ओली पक्षले बालुवाटारमा गरेको केन्द्रीय कमिटी बैठकलले झण्डै ६ सय केन्द्रीय सदस्य थपेर कार्यकारी अध्यक्षबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटायो । तर सचिवालय सदस्यदेखि केन्द्रीय कमिटीमा भने यथावत् राखेको छ ।
लगत्तै पुष ७ गते बबरमहलस्थित कार्की बैंकेटमा बसेको प्रचण्ड–माधव पक्षले ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई नियुक्त ग¥यो । यो क्रम जारी छ । आज त ओलीलाई पार्टीको साधारण सदस्यबाटसमेत निकाला गर्ने गरी बैठकको आयोजना गरिएको छ ।
आज पेरिसडाँडास्थित पार्टी मुख्यालयमा भर्खरै सुरु भएको स्थायी कमिटीको मुख्य अजेण्डा नै ओली निष्काशन रहेको सदस्य बेदुराम भूषालले जानकारी दिएका छन् । यसका अलावा आजको बैठकले गत शुक्रबार राजधानीमा सम्पन्न विरोधसभाको समीक्षा गर्ने र आगामी आन्दोलनको कार्यक्रमको खाका तय गर्ने अजेण्डापनि रहेको स्थायी कमिटी सदस्य भूषालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार