ओलीको अभिव्यक्तिविरुद्ध बारका पूर्व अध्यक्षहरुको वक्तव्य
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार २१:१४:३२
११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले न्यायिक क्षेत्रलाई प्रभावित हुनेगरी जथाभावी बोल्न थालको भन्दै आज नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरुले त्यसको भत्र्सना गरेका छन् । प्रधानमन्त्री ओलीले अस्ती शुक्रबार आयोजित एउटा पेशाकर्मीहरुको भेलामा अभिव्यक्त गरेको भनाईले न्यायकर्मीको हुर्मत लिने काम गरेको भन्दै आपत्ति जनाइएको हो ।
नेपाली कानून व्यावसायीहरुमध्ये सबैभन्दा जेष्ठ कृष्णप्रसाद भण्डारीले सर्वाेच्च अदालतमा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भनी बहसपैरवी गरेको सन्दर्भलाई बाजे वकिललाई सर्वाेच्च अदालत लगेर तमासा गरिएको अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिले समग्र न्यायिक क्षेत्रकै घोर अपमान गरेको छ भन्दै विज्ञप्तिमा यसले सबै कानून व्यवसायीको पेशागत मर्यादामा समेत चोट पुगेको उल्लेख छ । वरिष्ठ अधिवक्तासमेत रहेका चारैजना पूर्व अध्यक्षहरुमा शम्भु थापा, हरिहर दाहाल, प्रेमबहादुर खड्का र शेरबहादुर केसी रहेका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्ति सत्तापक्षको निर्लज्ज प्रहार हो र यो प्रवृत्तिलाई परास्त गर्न सबै पेशाकर्मी एकजुट हुनु आवश्यक छ– उनीहरुको निश्कर्ष छ । २०१३ सालदेखि संस्थागत भएको नेपाली कानून व्यावसायीहरुलाई तमासा गर्नेको उपमा दिएर प्रधानमन्त्रीले सबैको अपमान र मान मर्दन गरेका छन्, राजतन्त्रमा समेत कानून व्यवसायीको यस्तो अपमान गरिएको थिएन– विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार