बलवाका पाँच सय परिवार लालपुर्जा पाएपछि निकै खुशि
नेपालबहस संवाददाता
माघ १२, २०७७ मंगलबार १:२१:४१
१२ माघ, जलेश्वर । महोत्तरीको बलवा नगरपालिका–६ का ५०२ परिवारलाई जग्गाधनी प्रमाण पत्र ‘लालपुर्जा’ वितरण गरिएको छ । २०७० सालमा नै नापी भई लालपुर्जा वितरण गर्न नसकिएको ५०२ परिवारलाई आज एक कार्यक्रमबीच लालपुर्जा वितरण गरिएको भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख राकेश झाले बताए ।
उहाँले विगत चार पुस्तादेखि बलवा–६ का सयौँ बासिन्दा आफ्नै गाउँ ब्लकभित्रको जग्गामा बनाइएका घरआँगनमा बस्दै आए पनि उनीहरुसँग आफ्नो घरजग्गाको लालपुर्जा थिएन भने आज उनीहरु लालपुर्जा पाएपछि निकै हर्षित भएको बताए ।
भूमिसुधार तथा मालपोत कार्यालय, नापी कार्यालय र बलवा नगरपालिकाको संयुक्त पहलमा वर्षौंदेखि लालपुर्जाविहीनलाई लालपुर्जा दिइएको बलवा नगरपालिकाका प्रमुख विनोदकुमार यादवले बताए।
स्थानीयवासी खोदादिन अंसारी, पवीदेवी मण्डल, माधो मण्डलसहित दर्जनौँ व्यक्तिले चार पुस्तापश्चात् आफूहरु आफ्नो घर जग्गाको लालपुर्जा पाएकोमा खुशी व्यक्त गरेका छन् । उनीहरुले लालपुर्जा वितरण गर्न आएका नगरपालिकाका प्रमुख तथा मालपोत र नापी कार्यालयका प्रमुखसहितका टोलीलाई धन्यवाद दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार