१९ जीवन बीमा कम्पनीमध्येमा नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गर्याे सबैभन्दा बढी बीमाशुल्क, अन्य कुनको कति ?
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार १८:१६:५१
१३ माघ, काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरु मध्येमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ ।
दोस्रो त्रैमासमा कम्पनीले १७ अर्ब ६२ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हाे । बीमा समितिको तथ्याङ अनुसार हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ६ महिनाको अवधिमा ६३ अर्ब २० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै, दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले ९ अर्ब ६१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
तेस्रो स्थानलाई राष्ट्रिय बीमा संस्थानले कायमै राख्दै यो अवधिमा ५ अर्ब ८१ करोड, नेशनल लाइफ इन्स्योरेन्सले बीमाशुल्क संकलनमा चौथो स्थान कायम राख्दै ५ अर्ब ५४ करोड, युनियन लाइफले नयाँ बीमा कम्पनीमध्येकै सर्वाधिक बीमाशुलक संकलन गर्ने कम्पनीको रुपमा आफूलाई कायमै राखेको छ । युनियनले यो अवधिमा ३ अर्ब ३० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, एशियन लाइफ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क, सूर्या लाइफ इन्स्योरेन्स २ अर्ब २९ करोड रुपैयाँ बीमाशुल्क, गुराँस लाइफ इन्स्योरेन्सले भने यो वर्ष १ सय प्रतिशत भन्दा बढी वृद्धि हासिल गरेको छ । अघिल्लो वर्ष ९४ करोड बीमाशुल्कको अवस्थालाई सुधार गर्दै यो वर्ष सो कम्पनीले २ अर्ब १३ करोड रुपैयाँ पुर्याइएको हो ।
नवौँ स्थानमा मेटलाइफ इन्स्योरेन्स रहेकाे छ । मेटलाइफले २ अर्ब ५ करोड रुपैयाँ मात्रै बीमाशुल्क, प्राइम लाइफ इन्स्योरेन्सले २ अर्ब २ करोड, सिटिजन लाइफले १ अर्ब ४४ करोड रुपैयाँ बीमाशुल्क, ज्योति लाइफ इन्स्योरेन्सले करिब १ अर्ब ४४ करोड रुपैयाँ नै बीमाशुल्क, रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब ३४ करोड रुपैयाँ बीमाशुल्क, रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क, सन नेपाल लाइफ, सानिमा लाइफ, आईएमई लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफको बीमाशुल्क भने १ अर्बभन्दा कम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार