मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट जोगाउन पाठशाला अभियान
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार १७:३१:५
१३ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरुलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन पाठशाला अभियान शुरु गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले अभियान सञ्चालन गरेको हो । अभियानका संयोजक अपिल घिमिरेका अनुसार चितवन जिल्लाभित्र पर्ने मध्यवर्तीका क्षेत्रमा संरक्षण पाठशाला सञ्चालन थालिएको छ ।
विभिन्न ठाउँमा गरेर ३२ कक्षा सञ्चालन गरिने उनले जानकारी दिए । शुक्रबारदेखि पाठशाला शुरु गरिएको हो । पुषको अन्तिम साता पाठशाला अभियानको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले शुभारम्भ गरेका थिए।
घिमिरेका अनुसार विषय विज्ञहरुले पाठशालामा सहजीकरण गर्नेछन । उनले भभने, “वन्यजन्तुको आक्रमणबाट मध्यवर्तीका बासिन्दालाई जोगाउनु पाठशालाको मुख्य उद्देश्य हो ।” वनमा घाँस दाउरा गर्न जाँदा वन्यजन्तुसँग कसरी जोगिने भन्नेबारेमा पाठशालामा सिकाइने छ । कुन वन्यजन्तुले कस्तो अवस्थामा कसरी आक्रमण गर्छ भन्नेबारे सिकाइएको छ ।
दुर्लभ र हिंस्रक वन्यजन्तु बाघ, गैँडाजस्ता जनावरबाट जोगिनका लागि ती जनावरसम्बन्धी अध्ययन गरेका विज्ञहरुले बच्ने उपायका बारेमा सिकाइरहेका छन् । पाठशालामा वन्यजन्तुको आनीबानी, बासस्थान, हिँडडुल, बाटोलगायतका बारेमा जानकारी दिइन्छ । एउटा कक्षमा ४० जना हाराहारी रहने अपेक्षा गरिएको छ । स्थानीय र विषयविज्ञको समय अनुकूल बनाएर कक्षा सञ्चालन गर्दै आइएको छ । नदी र जङ्गलमा आश्रित समुदायमा बढी मानवीय क्षति भएकाले यसको न्यूनीकरण गर्न पाठशाला शुरु गरिएको घिमिरेको भनाइ छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्दै मानवीय क्षति कम गर्न अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले समुदायस्तरमा गरिने यस्ता कार्यक्रमले संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । अभियानले स्थानीय बासिन्दालाई वन्यजन्तुबाट जोगाउनुका साथै वन र वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । बरालले पछिल्लो समय दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको चोरी शिकारी बढेसँगै निकुञ्ज प्रशासनले मध्यवर्तीका बासिन्दासँग नियमित छलफलसँगै संरक्षण शिक्षाका कार्यक्रम अरु बढाएको बताए ।
निकुञ्जमा घाँस दाउरा गर्न जाँदा बर्सेनि धेरै सङ्ख्यामा सर्वसाधारणको ज्यान जानुका साथै घाइते हुने गरेका छन् । मध्यवर्ती क्षेत्र र स्थानीयवासीको खेतबारीमा पनि वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु हुने गरेको छ । वन्यजन्तुको आक्रमण भएसँगै स्थानीय आक्रोशित हुने र संरक्षणमा बाधा पुग्ने भएकाले पाठशाला सञ्चालन गरिएको संयोजक घिमिरेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार