काभ्रेपलाञ्चोकका विभिन्न ठाउँका आठ मतदानस्थल सारिने
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार २१:८:५८
१३ माघ, बनेपा । काभ्रेपलाञ्चोकका विभिन्न ठाउँका आठ मतदानस्थल सारिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाताका लागि पायक नपरेको र कतै भूकम्पले भत्काएर साँघुरो ठाउँ भएका कारण फराकिलो स्थानमा सार्न सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले बताए ।
जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले बैठकको बैठकबाट सो स्थलहरु सार्नका लागि आयोगमा सिफारिस गरिएको उनले बताए । सार्नुपर्ने मतदानस्थलहरुमा खानीखोला गाउँपालिकाको हनुमान शक्ति आधारभूत विद्यालय जुरेबाट भृकुटी मावि, पनौती नगरपालिका–१२ कलाँती रोशी बजारबाट बालप्रकाश मावि भालेश्व, वडा नं ३ विहाबर मावि पाटीचौरबाट वडा नं ३ को कार्यालय नयाँ पुल, पाँचखाल नगरपालिका–२ पुरानो गाविस भवन अनैकोटबाट वडा कार्यालय भवनमा सार्न सिफारिस गरिएको छ ।
त्यस्तै बनेपा नगरपालिका–१ साबिक गाविस भवनको नयाँ वडा कार्यालय भवनमा, वडा नं ११ सरस्वती सामुदायिक महिला भवन पाकुटोलको ए।भी।एम विद्यालयमा, वडा नं १२ गणेश भारती माविको नयाँ भवन देउरालीबाट वडा कार्यालयको भवन देउरालीमा र रोशी गाउँपालिका–३ साबिक गाविस भवन शिखरबाट देवी मावि शिखरमा सार्न सिफारिस भएको कार्यालयले जनाएको छ ।
निर्वाचनमा अन्य दशवटा स्थानको भने नाम मात्रै परवर्तन गरिने भएको निर्वाचन अधिकारी राईले बताउनुभयो । जिल्लामा १८९ मतदानस्थल र ३५० मतदान केन्द्रबाट दुई लाख ८२ हजार ५५५ सहभागी हुने अनुमान कार्यालयले लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार