नयाँ ठाउँमा मतदान केन्द्र तोक्न आयोगमा सिफारिस
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार २१:१५:१९
१३ माघ, चरीकोट । सरकारले आगमी वैशाख १७ र २७ गते घोषणा गरेको आम निर्वाचनलाई लक्षित गर्दै दोलखाको आठ मतदान केन्द्र परिर्वतन गर्न सिफारिस भएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये दुई गाउँपालिका र एक नगरपालिकाले विभिन्न ठाउँमा रहेको मतदान केन्द्रहरु हटाएर नयाँ ठाउँमा मतदान केन्द्र तोक्नका लागि निर्वाचन आयोगमा पठाउन सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी गोमा धमलाले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखसहितको सिफारिस समितिले जिरी नगरपालिका–४ को नेपाली सेनाको पुरानो आवास भवन रहेको ठाउँको मतदान केन्द्र मतदाताहरुलाई पायक पर्ने र सुरक्षाको दृष्टिकोणले समेत उपयुक्त नभएको जनाउँदै वडा नं ४ को वडा कार्यालय भवनमा सार्नका लागि सिफारिस गरेको छ ।
त्यस्तै सैलुङ गाउँपालिका–१ सरस्वती प्राविमा रहेको केन्द्र परिर्वतन गरी वडा कार्यालय भवन, वडा नं २ गाविस भवनमा रहेको केन्द्र नवीन माविमा, वडा नं ३ जुगेश्वरी आधारभूत विद्यालयमा रहेको केन्द्र गाउँपालिका भवनमा, वडा नं ६ को सैलुङ एकेडेमीमा रहेको केन्द्र वडा कार्यालय भवनमा, वडा नं ७ को सागुते माविमा रहेको केन्द्र वडा कार्यालय भवन र वडा नं ८ को गाविस भवनमा रहेको केन्द्र शारदा माविमा सार्न सिफारिस गरेको छ ।
वैत्येश्वर गाउँपालिका–८ क्षत्रवती माविमा रहेको केन्द्र वडा कार्यालयको भवनमा सार्नका लागि सिफारिस गरेको छ । सिफारिस भएका अधिकांश ठाउँ मतदाताहरुका लागि पायक नभएको र सुरक्षाको दुष्टिकोणले सार्नका लागि सिफारिस गरेको समितिले जनाएको छ ।
मध्यावधि निर्वाचनका लागि तयारी गर्नका लागि निर्वाचन कार्यालयले आयोजना गरेको सर्वदलीय बैठकमा ती मतदान केन्द्र सार्नका लागि निवेदन प्राप्त भएसँगै प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीको टोलीले स्थलगत अनुगमन गरेका थिए । सुरक्षा प्रमुखसहितको टोलीले स्थलगत अवलोकनपश्चात् केन्द्र सार्नका लागि सिफारिस भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार