मन्त्री अर्यालको किल्लामा झाक्रीको गर्जन, स्याङजा २ मा उपनिर्वाचन गर्ने ढकालको दावी
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार २२:५९:३
१३ माघ, स्याङ्जा । नेकपा केन्द्रिय सदस्य, विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाक्रीले स्याङ्जाको चापाकोट पुगेर सरकार विरुद्धको बृहत बिरोधसभालाई सम्बोधन गरेकी छन् । उक्त बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ झाक्रीले प्रधानमन्त्री केपी ओलीलाई साथ दिने व्यक्ति प्रेतआत्मा, पञ्चायतकालका गुटहरु, राजाका मण्डलेहरु भएको र ओलीलाई साथ र सहयोग गरेर लोकतन्त्र र गणतन्त्रको चीरहरण गर्न सहयोग गरेको बताइन् ।
राजा ज्ञानेन्द्र र राष्ट्रपति बिधा भण्डारीमा जनताले फरक महसुस गर्न नपाएको बताउँदै उनले राजकीय शान र सौगात, नारायणहिटी राजदरबार भन्दा ठुलो रजगजमा रमाउन खोज्ने भण्डारीले संसदको नीति तथा कार्यक्रममा समेत मेरो सरकार भनेर सम्बोधन गरिनु लज्जास्पद भएको जिकिर गरेकी छन् । बिरोधसभामा मुख्य पाहुना रहेकी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले मुलुकलाई दुई ध्रुवमा ध्रुवीकरण गरेको बताउँदै जनता माँझ प्रतिगमनको पछि लाग्ने कि अग्रगमनको लागि संघर्ष गर्ने दुई विकल्प मा भएको दावी गरिन् ।
नेकपा जिल्ला सदस्य शिव पंज्ञानीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा अनेरास्ववियुका पुर्व केन्द्रीय उपाध्यक्ष सोभियत ढकालले ओली पक्षधरद्धारा मनोनित केन्द्रिय सदस्य सरस्वती भट्टराईतर्फ इन्कित गर्दै भने, केही बर्ष अगाडि मात्रै कालोमोसो दलेर बजार घुमाउन पर्छ भन्दा मैले नै भट्टराईलाई कालोमोसो दल्नबाट रोक्न महत्त्वपूर्ण भुमिका खेलेको बताए ।
यसैबीच चापाकोट नगरपालिकाको वडा नंं. ९ का अध्यक्ष द्वन्द्वकालमा कुटिदाँ पोखराबाट बोकेर काठमाडौं लाने व्यक्ति आफु मात्र भएको ठोकुवा समेत गरेका थिए । ढकालले चुनावमा मन्त्री पद्माकुमारी अर्याललाई भोट दिनुस भनेर भोट माग्नु आफ्नो गल्ती भएको स्वीकार्दै प्रतिनिधिसभा छिट्टै पुनःस्थापना हुने र स्याङ्जा २ नम्बर क्षेत्रमा मन्त्री अर्यालको सट्टा उपनिर्वाचन हुने ठोकुवा गरे ।
ओली सरकारले गरेको प्रतिनिधिसभा विघटन, प्रतिगमन र असंवैधानिक कदम विरुद्ध गरिएको भनिएको बिरोधसभामा नेकपा जिल्ला संयोजक शैलेन्द्र घिमिरे, नेकपा नेता रामचन्द्र भट्टराई, नेकपा चापाकोट नगर कमिटी अध्यक्ष सीता गैह्रे, गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारी, अनेरास्ववियु केन्द्रिय सदस्य मेघनाथ चापागाईं,अनेरास्ववियु शंकरदेव क्याम्पसका अध्यक्ष मदन ढकाल लगायतका व्यक्तिहरुले सरकारको बिरोधमा खरो अभिव्यक्ति दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित
मंसिर २, २०८१ आइतबार
सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न भारतको प्रस्ताव
मंसिर २, २०८१ आइतबार
इटहरीमा कोसी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने
मंसिर २, २०८१ आइतबार
शीतलहरसहित लागेको बाक्लो हुस्सु
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
४२ लाखको लागुऔषधसहित एक युवक पक्राउ
मंसिर २, २०८१ आइतबार