आँधीखोला दोहोरीमा काम गर्ने नै लुटपाटमा संलग्न, पक्राउ पर्नेबाट कारदेखि सुनसम्म बरामद
नेपालबहस संवाददाता
माघ १३, २०७७ बुधबार ०:४:०
१३ माघ, काठमाडौं । सुनका गरगहना समेतका धनमाल लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार दिउँसो महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं दरबारमार्गस्थित आँधीखोला दोहोरी साँझमा काम गर्ने बझाङ जयपृथ्वी नगरपालिका-१ घर भई काठमाडौं नयाँबानेश्वर बस्ने २१ वर्षीय सुनिलबहादुर सिंह र सोही दोहोरी साँझमा चालकको काम गर्ने सिन्धुपाल्चोक साँगा चोकगढी घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ३४ वर्षीय कृष्णबहादुर श्रेष्ठ रहेका छन् ।
काठमाडौं स्युचाटार बस्ने ४२ वर्षीय पुरुषको माघ १० गते राति धनमाल लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको कालीमाटी वृत्तका प्रमुख डीएसपी अपिल बोहोराले जनाएका छन् ।
उनीहरुबाट करिब सवा ३ तोलाको १ थान सुनको सिक्री, करिब २ तोलाको १ थान सुनको औठी, हात्तीको पुच्छर भएको करिब साढे १ तोलाको १ थान सुनको ब्रासलेट र उक्त दोहोरी साँझको बा.३ च ६६४९ नम्बरको मारुती कार पनि प्रहरीले बरामद गरेको छ । उक्त कार प्रहरीले खोजी गर्दै जाँदा कोटेश्वरको बालकुमारीस्थित ग्यारेजमा फेला परेका थियो ।
डा«इभरको काम गर्ने श्रेष्ठकी श्रीमतिबाट आइफोनसमेत फेला परेको डीएसपी बाहोराले बताएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी बोहोराले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार