नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार १६:२६:५४
१४ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स शेयरमूल्य समायोजन भएको छ । कम्पनीको ३१ प्रतिशत बोनस शेयरपछिको मूल्य तोकिएको हो । नेप्सेले बुधवार कम्पनीको बोनस शेयरका लागि मूल्य समायोजन गरी प्रतिकित्ता २ हजार १९१ तोकेको हो । नेप्सेले कम्पनीको मंगलवार कायम अन्तिम २ शेयरमूल्य हजार ८७२ को आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीले यस वर्ष कुल ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बोनससँगै कर प्रयोजन समेतका लागि २० प्रतिशत नगद लाभांशको प्रस्ताव समेत कम्पनीले गरेको हो । प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न कम्पनीले माघ २८ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा प्रयोजनका लागि माघ १४ देखि २८ गतेसम्म बुक कलोज गरेको छ । बुक क्लोजको आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । समायोजनपछिको कारोबारका शेयरमा भने प्रस्तावित लाभांश लागू हुने छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार