चौबीसकोठीमा ६५ फिट अग्लो झण्डा
नेपालबहस संवाददाता
माघ १७, २०७७ शनिबार १६:४७:१०
१७ माघ, चितवन । जिल्लाको मुख्य चोक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठीमा ६५ फिट अग्लो डण्डीमा झण्डा फहराइएको छ । शहीद दिवसको अवसर पारेर यहाँका सामाजिक संस्थाले झण्डा फहराएका हुन् ।
हेल्प फर ह्यापिनेस संस्थाको आयोजना तथा रोटरी क्लब अफ मिड टाउन र रोट्¥याक्ट क्लब अफ मिड टाउनको सहआयोजनामा चोकको बीचभागमा रहेको आइल्याडमा झण्डोत्तोलन गरिएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिका–१० का अध्यक्ष अरुणपीडित भण्डारीले झण्डोत्तलन गर्दै युवाले आइल्यान्ड संरक्षण गरेकामा धन्यवाद व्यक्त गरे । हेल्प फर ह्यापिनेस संस्थाका अध्यक्ष नवीन तिवारीले भरतपुरको मुख्य स्थल चौबिसकोठीमा राष्ट्रिय झण्डा फहराउँदा सकारात्मक सन्देश जाने बताए । उनले आइल्याण्डको सरसफाइ र सुन्दरताको काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताए ।
पूर्वपश्चिम राजमार्गमा पर्ने सो चोकबाट पश्चिम चितवन र वाइपास सडकतर्फ जाने सडक जोडिएका छन् । सो ठाउँमा गोलो आइल्याण्ड बनाएर पानीका फोहोरा, स्तम्भ र बगैँचा बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार