गण्डकी प्रदेशमा कुष्ठरोगीको संख्यामा कमी
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार २२:२९:८
१८ माघ, गण्डकी । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले आर्थिक वर्ष २०७६÷७७ मा उपचारत र नयाँ बिरामी सङ्ख्याको आधारमा गण्डकी प्रदेश कुष्ठरोगको निवारणमा पहिलो देखिएको छ ।
गत आर्थिक वर्षको अन्त्यमा उपचाररत बिरामीको प्रकोप प्रिमिलेन्स दर प्रति १० हजार जनसङ्ख्यामा सबैभन्दा बढी प्रदेश नम्बर २ मा ०।८९ रहेको छ भने गण्डकीको ०.४० रहेको छ । त्यस्तै लुम्बिनीमा ०.८३, सुदूरपश्चिममा ०.७८, प्रदेश नं १ मा ०.५९, वाग्मतीमा ०.५७ र कर्णालीमा ०.४७ बिरामीको प्रकोपको सुचाङ्क रहेको छ ।
आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्मा आइपुग्दा मुलुकमा कूल उपचाररत सङ्ख्या २०४४ रहेको थियो भने सोही आर्थिक वर्षको अवधिमा एक हजार ८५३ जना कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कुष्ठरोगका नयाँ बिरामीमध्ये प्रदेश नं १ मा २८४, २ मा ६००, वाग्मतीमा २०८, गण्डकीमा ९१, लुम्बिनीमा ४७८, कर्णालीमा ५५ र सुदूरपश्चिम प्रदेशमा १३७ जना पत्ता लागेका हुन ।
गत आवको तथ्याङ्कअनुसार प्रति १० हजार जनसङ्ख्यामा कुष्ठरोग लागेर उपचाररत बिरामीको प्रकोप प्रिमिलेन्स दर एकभन्दा बढी भएकामा ललितपुर, झापा, बाँके, धनुषा, नवलपरासी पश्चिम पर्सा, कैलाली, कपिलवस्तु, रुपन्देही र अछाम गरी १० वटा जिल्ला छन्।
सोही सङ्ख्या र अवधिमा रोगको प्रकोप दर शून्य हुने ११ जिल्ला छन् । यसमा ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, पर्वत, रुकुम पूर्व, हुम्ला र मुगु हुन् । सन् १९९१ मा विश्व स्वास्थ्य सङ्गठनको महासभाले सन् २००० सम्ममा विश्वबाट कुष्ठरोग निवारण गर्ने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार