गाउँपालिकामा पुग्यो पहिलोपटक विद्युत्
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १८:३१:५५
१९ माघ,गलकोट । बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा पहिलोपटक केन्द्रीय विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक गाउँपालिकामा केन्द्रीय विद्युत्को पहुँच पु¥याएको जनाएको छ ।
पहिलोपटक बडीगाड गाउँपालिकाको दुर्गम गाउँ वडा नं ४ जलजलाको झुलेडाँडा गाउँमा विद्युत् सेवा पु¥याएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । लामो समयदेखि लघु जलविद्युत्को भरमा गुजारा गर्दै आएका वडावासी पहिलोपटक केन्द्रीय विद्युत् बलेपछि हर्षित भएका छन् ।
झण्डै आठ वर्षदेखि लघु जलविद्युत्मार्फत सामान्य सेवा उपभोग गरेका जलजलावासीको घरमा केन्द्रीय विद्युतीकरण पु¥याइएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिएका छन् ।
जलजलाको झुलेडाँडाका ३५ घरमा शनिबारदेखि विद्युत् पगेको छ । ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत झण्डै रु ५५ लाखको लागतमा जलजलामा विद्युतीकरण गरिएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । प्राधिकरणले गलकोट नगरपालिका–५ हरिचौरमा रहेको सबस्टेसनबाट ११ केभी प्रसारण लाइनमार्फत गाउँपालिकाको खौलारा बजारदेखि चार किलोमिटरको दूरीमा रहेको झुलेडाँडामा ५० केभी क्षमताको ट्रान्सफर्मर राखेर सेवा प्रवाह गरिएको छ ।
२०८ विपन्नलाई निःशुल्क मिटर बक्स
प्राधिकरणले विद्युत्को पहुँच पुगेरसमेत मिटर खरीद गर्न नसकी अन्धकारमा बस्दै आएका विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर बक्स वितरण गर्दै आएको छ । गाउँमा विद्युतकीकरण भइसक्दासमेत मिटर बक्स खरीद गर्न नसकी छिमेकीबाट विद्युत् लिएर बाल्दै आएका र अन्धकारमा बस्दै आएका परिवारलाई नेपाल विद्युत् प्राधिकरणले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको प्राधिकरणको बागलुङ वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणले यही आर्थिक वर्षको पुस मसान्तसम्म २०८ परिवारलाई निःशुल्क मिटर बक्स वितरण गरेको छ । सेवाग्राहीले विद्युत् मिटर खरीद गर्दा रु तीन हजार ४०० लाग्ने गर्दछ । सेवाग्राही वितरण केन्द्रमा आउने जाने सबै खर्च जोड्दा झण्डै पाँच हजार लाग्ने भए पनि वितरण केन्द्रले निःशुल्क मिटर दिँदा सेवाग्राहीको झण्डै पाँच हजार रकम बचत हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार