तीनधारामा चिटिक्क नमूना बस्ती बन्दै
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १९:४१:२३
१९ माघ, काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधाराको पञ्चकुमारी तामाङ बस्ती निर्माणार्थ खटेको सय दिन नाघिसक्यो । नमूना तामाङ बस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उनी जनश्रमदानमा जुटिएकाे हो । अहिले पञ्चकुमारीसँगै गाउँका महिला–पुरुष दिनहुँ नमूना बस्तीमा सकेको काम गर्दै आएका छन् ।
“गाउँमा चिटिक्कका घर एकै ठाउँमा बनाएर बस्ने, पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले आफैँ काम गर्न आउँछौँ” उनले भने । उनले आफुलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि आएको पहिलो किस्ताको रु ५० हजार पनि सोही बस्ती निर्माणमा दिएको छ ।
हाल स्थानीय युवा वीरेश तामाङको दैनिकी पनि बस्ती निर्माणमा सकेजानेको काममा बितिरहेको छ । उनी भन्छन्, “हामी सय दिनभन्दा बढी जनश्रमदानमा जुटेका धेरै छौँ, सुन्दरबस्ती बनाउने योजनामा भरपुर साथ दिइरहेका छौँ ।”
उनले संवाद समूहसँगको छलफलमा स्थानीय भूकम्पपीडितलाई आवास निर्माणका लागि कारितास् नामक संस्थाले सरकारसँग सम्झौता गरी तीन वषर्अघि पहिलो किस्ताको रु ५० हजार दिएको र अन्य किस्ताका लागि समन्वय नगर्दा अहिले ऋण गरेर निर्माणलाई निरन्तरता दिनुपरेको बताउछन्।
बजेट अभावले बस्ती निर्माणमा समस्या देखिएप्छि संवाद समूह काभ्रेपलाञ्चोकले यसबारे छलफल गरेको थियो । बस्ती निर्माणका लागि स्थानीयवासी ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको रु ५० हजार खर्चिएको छ । स्थानीय अगुवा रामबहादुर तामाङले सरकारबाट प्राप्त हुने आवास निर्माणका रकम आएपछि तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबर्दन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्तीको परिकल्पना गरिएको बताए ।
“तर एक संस्थाले पहिलो किस्ता दिएर लथालिङग छाडेर हिँड्यो, तर पनि हामी अब सरकारबाट बाँकी किस्ता नआउन्जेल ऋण गरेर काम सुचारु गरेका छौँ” उनले भने । उनका अनुसार हाल रु ६५ लाख ऋण भइसकेको छ । लामाले भने “बजेट आएलगत्तै ऋण तिर्दै जानेछौँ ।”
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका परामर्शदाता राजकुमार कुँवरले तीनधाराका भूकम्पपीडितका लागि बाँकी दुई किस्ता सरकारमार्फत दिलाउने प्रक्रिया अन्तिम चरणमा पुगेकाले यही माघ महिनाभित्र दोस्रो किस्ताबापत प्रतिपरिवार रु एक लाख ५० हजार आउने जानकारी दिए । भूकम्पपीडित परिवारको थप किस्तासँगै नमूना बस्ती निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भने रु एक करोड २० लाख बजेट बिनियोजन गरेको छ । “विनियोजित रकम सम्झौताअनुसार आउने क्रममै छ” उनले भने ।
कारितास् नेपालका कार्यक्रम शाखाप्रमुख मणिन्द्र मल्लले भने, “स्थानीय भूकम्पपीडितलाई दोस्रो किस्ता दिने बेला परियोजनाको अवधि पनि सकिएकाले पुनःनिर्माण प्राधिकरणमा रितपूर्वक कागजात पेश गरेको दाबी गरे ”। काभ्रेको मण्डनदेउपुर नपा–१० स्थित चण्डेनी तीनधारामा स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबर्दन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण थालिएको हो । यसका लागि ह्याविट्याट फर ह्युम्यानिटिक नामक संस्थाले प्राविधिक सहयोग गरेको छ । हाल बस्तीका लागि छ घरको छानो लगाउने काम सकिएको छ भने चार घर छाउने तयारीमा छ । तीनकोठे एक तले एकै डिजाइनका एक घर निर्माण सम्पन्न गर्न रु ११ लाख लाग्ने बस्ती निर्माण समितिका अध्यक्ष आइतमान तामाङले जानकारी दिए ।
उनका अनुसार नगर कार्यालयले रु १० लाख थप सहयोग उपलब्ध गराएको छ । “घर निर्माणको लागि आवश्यक ब्लक यही नै निर्माण गरिरहेका छौँ” उनले भने, “बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होम–स्टेका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्नेछ । नमूना बस्तीमा एक सामुदायिक भवन निर्माण गर्ने योजना छ । सामुदायिक भवन निर्माणका लागि रु ४० लाख छुट्याइएको छ । सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिँकी, डम्फु, ढ्याङग्रोलगायतका सामग्री सङ्ग्रहित गरिने तथा यसबारे जानकारीसमेत दिइने उनले बताए ।
योजना अनुसार बस्तीको बीचमा बगैँचा बन्नेछ । होम–स्टेमा आउने पाहुनाका लागि तामाङ समुदायको ‘टिपिकल’ खाना खुवाइनेछ । छ घरको एक ब्लक बनाइ पाँच ब्लकमा ३० वटा घर बनाइने भएको हो । नमूना बस्ती निर्माणलाई समयमै सम्पन्न गर्न नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी र ह्याविट्याट फर ह्युम्यानिटीका स्वयंसेवक ल्याउने तयारी भइरहेको तामाङले बताए । नमूना बस्तीका ३० घर निर्माण सम्पन्न गरेपछि सामुदायिक भवन र बगैँचा निर्माण गर्ने योजना बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार