आँधीखोलामा शिवालय मन्दिर पुननिमार्ण गर्न समिति गठन
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार २२:५६:३२
१९ माघ, काठमाडौं । आँधीखोला गाँउपालिका ५ स्थित शिवालय मन्दिरको पुननिमार्ण तथा जिर्णोद्धार हुने भएको छ । गत माघ १७ गते स्थानीय सरोकारवालाहरुको भेलाले मन्दिर पुननिमार्ण र जिर्णोद्धारका लागि स्थानीय बुद्धिजीवी देवबहादुर क्षेत्रीको अध्यक्षतामा समिति गठन गरेका छन् ।
वर्तमान मन्दिर भवन जीर्ण हुन गएकोले यसलाई समय अनुसार आधुनिक मन्दिर बनाउने उद्देश्यले सो ठाँउका बुद्धिजीवीहरुको सरसल्लाहमा समिति निमार्ण भएको हो । गतबर्ष सो मन्दिरमा धान्यपर्व लगाई करिब २९ लाख उठेको र सबै खर्च कटाई करिब २० लाख बचत हुन गएको तथा यसमा संघीय सांसद नारायण मरासिनीले सांसद विकाश कोषबाट १० लाख समेत दिने भएको हुँदा अब करिब ३० लाख जम्मा भएको सो अवसरमा जानकारी दिइएको थियो ।
यसमा क्रमश रकम जुटाउने गरि शिवालय मन्दिर पुनर्निर्माण एवं जिर्णोदार गर्ने कार्यक्रम रहेका बताइएको छ । नेपाल बहुभाषिक एवं बहुसांस्कृतिक हिन्दुबाहुल्य भएको देश भएकाले ओमकार परिवारप्रति आस्थावान हिन्दु धर्मवलम्बीहरुले निरन्तर नित्य पुजाआजा गर्न पाउन भन्ने उद्देश्यले साबिक फापर्थुम गाबिस हाल आँधीखोला गापा वडा नं २ निवासी कर्णबहादुर क्षेत्रीले २०२९ साल फागुनमा सो मन्दिर स्थापना गरेका थिए ।
सोही बमोजिम वडा नं ५ कुन्तिका नयाँघरेका समाजसेवी बमबहादुर पौडेलबाट सो जग्गा दानमा लिई ५ पुलको मुखमा शिवालय मन्दिरको स्थापना भएको थियो । त्यस समयदेखि हालसम्म देवादीदेव भगवान शिवको मुर्ति स्थापना गरि निरन्तर पुजाआजा भईआएको छ । यस ठाँउमा हिन्दुहरुको चाड जनैपुर्णिमा र शिवरात्रीमा ठूलो मेला समेत लाग्ने गरेको छ।
नवगठित निमार्ण समितिको उपाध्यक्षमा शंकरबहादुर क्षेत्री, सचिव प्रमिला केसी, कोषाध्यक्ष कृष्णप्रसाद पौडेल रहेका छन् भने सदस्यहरुमा नेत्रप्रसाद बराल, नरबहादुर गोदार, गुप्तबहादुर क्षेत्री, डिलबहादुर क्षेत्री, भगवती कार्की, सुर्यबहादुर गुरुङ्ग, अन्जु पोख्रेल रहेका छन् ।
त्यस्तै निमार्ण अनुगमन समितिको संयोजकमा बद्रीकुमार पौडेल चयन भएका छन् । सदस्यहरुमा बुद्धिबहादुर क्षेत्री, ईन्द्रमान श्रेष्ठ, यामबहादुर रानाभाट रहेका छन् । साथै सल्लाहकार समितिको संयोजकमा सीता थापा तथा सदस्यहरुमा बिष्णुप्रसाद लामिछाने, लिलेन्द्रराज पौडेल, भुवनबहादुर जिसी, चन्द्रबहादुर क्षेत्री, नारायणप्रसाद शास्त्री र कृष्णबहादुर क्षेत्री मनोनित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
बिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार