धितोपत्र बोर्डले भन्यो :– २५ प्रतिशत रकम ब्राेकरलाई अग्रिम बुझाउनु पर्छ भन्ने भ्रममा नपर्नुहाेला
नेपालबहस संवाददाता
माघ १९, २०७७ मंगलबार १:११:२४
१९ माघ, काठमाडौं । धितोपत्र बोडले टि प्लस टू कार्यान्वयन र मार्जिन रकम भुक्तानीका सम्बन्धमा ब्रोकरहरूलाई गरिएको परिपत्रको बारेमा लगानीकर्तामा द्विविधा भएको जनाउँदै स्पष्ट पारेको छ । खरिद आदेश प्राप्त गर्दा सो को अनुमानित रकमको २५ प्रतिशत अग्रीम भुक्तानीको व्यवस्था गरिएको भनी संचारमाध्यमले लगानीकर्तामा द्धिविधा सिर्जना गरेकाे भन्दै बोर्डले लगानीकर्ताले दाेस्राे बजारबाट शेयर खरिदका लागि अग्रिम २५ प्रतिशत रकम ब्राेकरलाई बुझाउनु पर्छ भन्ने भ्रममा नपर्न अनुराेध गरेकाे छ ।
बोर्डले विभिन्न सन्चारमाध्यमबाट मार्जिन रकम भुक्तानीका सम्बन्धमा आएका समाचारले लगानीकर्तामा द्विविधा सिर्जना भएकोमा जनाएको हो । भर्खरै लागू गरिएको टि प्लस टू अनुसार केही ब्रोकर दलाल व्यवसायीले धितोपत्रको राफसाफ तथा फछ्र्याेट टि प्लस टू समय भित्रै नगरेको लगानीकर्ताको गुनासो मध्यनजर गर्दै यस व्यवस्थालाई कडाईका साथ ब्रोकर दलाल व्यवसायीलाई पालना गराउन परिपत्र जारी गरेको बोर्डले स्पष्ट पारेकाे ।
ब्रोकरले समयमा लगानीकर्ताको रकम भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यले धितोपत्र बिक्री गर्ने लगानीकर्तासंग मार्जिन रकम वा चेक लिसक्ने तर अनिवार्य भने नगरिएकाे बाेर्डले उल्लेख गरेको छ । ‘लगानीकर्ताले खरिद गरेको धितोपत्र र धितोपत्र बिक्री वापतको रकम समयमा नै लगानीकर्ताले पाउने भन्ने उद्देश्यले परिपत्र जारी हौ’, बोर्डले भन्यो, ‘लगानीकर्ताले शेयर खरिद आदेश प्राप्त गर्दा सो को अनुमानित रकमको २५ प्रतिशत अग्रीम भुक्तानीको व्यवस्था गरिएको भनी संचार माध्यमले लगानीकर्तामा द्धिविधा सिर्जना गर्यो ।’
धितोपत्र कारोबारलाई बैंक तथा निक्षेप सदस्यसंग इन्टिग्रेशन गर्ने गरी लगानीकर्ताको धितोपत्र कारोबार खाता, मार्जिन खाता तथा क्यियरिङ खाताको सम्बन्धमा उचित व्यवस्थापन गर्ने गरि अगाडि बढिरहेको बोर्डले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १६, २०८१ आइतबार
बझाङमा १५९३ मतसहित एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो
बैशाख १६, २०८१ आइतबार
काठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
इलाम: कांग्रेस, १६५८, एमाले १६३०, स्वतन्त्र ४३० र रास्वपाः ३०८ मत
बैशाख १६, २०८१ आइतबार
फेसबुकमार्फत हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ
बैशाख १६, २०८१ आइतबार