मुलुकलाई पुनः ताजा जनादेशको आवश्यकता : प्रधानमन्त्री ओली
नेपालबहस संवाददाता
माघ १९, २०७७ मंगलबार २:५७:१९
१९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन संविधान सम्बद्ध रुपमा नै घोषणा गरिएकाले तोकिएकै समयमा हुने बताएका छन् । प्रोग्रसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपाल केन्द्रीय कमिटीद्वारा आयोजित बृहत इञ्जिनीयरिङ भेलामा उनले मुलुकलाई पुनः ताजा जनादेशको आवश्यकता परेकाले आगामी वैशाखमा निर्वाचन हुनेमा कुनै शंका नरहेको स्पष्ट पारे ।
उनले भने, “आगामी महाधिवेशनसम्म धैर्य गर्न नसकेर सरकारमा रहेकै साथीहरुले संसद्लाई अस्थिरताको थलो बनाएकाले संसद् विघटन गर्नुपरेको हो”, उनले भने, “आगामी निर्वाचनमा शानदार बहुमत ल्याउनका लागि जनतासामु यथार्थ धारणा लिएर जानुपर्छ ।”
आफू सधैँ कानूनी पक्षमा रहेको प्रष्ट पादै प्रम ओलीले संसद् विघटनका सम्बन्धमा न्यायाधिशले गरेको फैसला नै मान्य हुने बताउँदै विदेशीको इशारामा देशलाई चल्न नदिनका लागि आफूले सधैँ खबरदारी गर्ने प्रतिबद्धता जनाए । आगामी तीन महिनाभित्र अग्रपङ्तिमा रहेर काम गर्ने सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने अठोट गर्दै उनले जनताको जीवन नै आफूलाई सबैभन्दा प्यारो लाग्ने बताए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले राष्ट्र र संविधान रक्षाका लागि सरकार सदैव क्रियाशिल रहेको धारणा राखे। उनले आफ्ना केही साथी पदका लागि सडकमा आन्दोलनसम्म गर्न पुगेको भन्दै त्यस्तो आन्दोलनले जनतालाई झुकाउन नसक्ने बताए ।
प्रधानमन्त्रीका परराष्ट मामिला सल्लाहकार डा. राजन भट्टराईले इञ्जिनीयरको काँधमा देश बनाउने ठूलो जिम्मेवारी रहेकाले इमान्दारिपूर्वक काम गर्न आग्रह गरे। आयोजक संस्थाका अध्यक्ष शम्भुबहादुर श्रेष्ठले निर्वाचनको मिति तय भइसकेकाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्न नमिल्नेमा जोड दिए । देशलाई विकास र समृद्ध उन्मुख बनाउन इञ्जिनीयरको साथ सहयोग सरकारलाई सदैव रहने प्रतिबद्धता अध्यक्ष श्रेष्ठले गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार