अदालतले संविधानबमोजिम नै फैसला सुनाउने पौडेलको जिकिर
नेपालबहस संवाददाता
माघ २१, २०७७ बिहिबार ३:८:३८
२१ माघ, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्यमशीलता विकासका लागि राज्यको सेवा र टेवासहित घरघरमा रोजगारीको व्यवस्था हुनुपर्ने बताएका छन् । तनहुँको ऋषिङ गाउँपालिका–४ स्थित ढाक्रे खोलामा निर्माण भएको पुलको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारीको व्यवस्था नहुँदा युवा शक्ति पलायन हुनुपरेको उल्लेख गर्दै युवा शक्ति रोक्न गाउँमै रोजगारीको सिर्जना गर्नेतर्फ सरकार गम्भीर हुनुपर्ने बताए ।
“आज जनताको आवश्यकता गाउँ गाउँमा विकास निर्माण हो”, उनले भने । वरिष्ठ नेता पौडेलले गाउँमा बाटो, बिजुली, शिक्षा, स्वास्थ्य पु¥याएर गाउँबाट भागेको मनलाई गाउँमै फर्काउनुपर्ने बताए ।
उनले संसद् पुनस्र्थापनाको एकमात्र आशा अदालतमा रहेकाले अदालतले संविधानबमोजिम नै फैसला सुनाउने पौडेलको जिकिर थियो । कार्यक्रममा तत्कालीन संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, झुलबहादुर आले, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायतले पुल निर्माण भएसँगै सर्वसाधारणलाई सहज हुने बताए ।
ऋषिङ गाउँपालिकाको रु चार करोड लागतमा पुल निर्माण गरिएको थियो । उक्त पुलको विसं २०७५ चैत पहिलो साता वरिष्ठ नेता पौडेलले नै शिलान्यास गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक
असोज १२, २०८१ शनिबार
नेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
काठमाडौंबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन
असोज १२, २०८१ शनिबार
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
असोज १२, २०८१ शनिबार
अपडेट :काठमाडौं उपत्यकामा ९ महिने गर्भवतीसहित ३४ को मृत्यु (नामावली)
असोज १२, २०८१ शनिबार
पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित
असोज १२, २०८१ शनिबार