आमहड्ताल : कार्यकर्तालाई सडकमै चिउरा,पानी र खाना !
नेपालबहस संवाददाता
माघ २२, २०७७ बिहिबार १९:२३:३
२२ माघ, काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका कार्यकताले आम हड्तालमा सडकमै खाना पकाएर खाएका छन् । बिहीबार गरेको आम हड्तालमा कोटेश्वरमा खटिएका कार्यकर्ताले सडकमै खाना बनाएर खाएका हुन् ।
कोटेश्वरमा युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा, जनसाँस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्री पौडेललगायत नेताहरूले खाना खाइरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको छ ।
त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, पम्फा भुसाललगायत नेताहरू पुल्चोकको सडकमा चिउरा र पानी खाएर बसेका छन् । प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ति र शपथग्रहण गराएको भन्दै दाहाल-नेपाल समूहले बिहीबार आम हड्ताल गरेको हो ।
बन्दका कारण बिहानैदेखि सडकमा गाडी चलेका छैनन् । केही सार्वजनिक गाडी भने बिहानी समयमा चलेका थिए । एम्बुलेन्स, अस्पतालका बस, खाद्यान्न, दुध, औषधिका गाडी, सञ्चारकर्मीका सवारी साधन चलेका छन् । ठाउँ ठाउँमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । कतिपय ठाउँमा प्रहरी र दाहाल-नेपाल समूहको घम्साघम्सी परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक
असोज १२, २०८१ शनिबार
नेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
काठमाडौंबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन
असोज १२, २०८१ शनिबार
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
असोज १२, २०८१ शनिबार
अपडेट :काठमाडौं उपत्यकामा ९ महिने गर्भवतीसहित ३४ को मृत्यु (नामावली)
असोज १२, २०८१ शनिबार
पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित
असोज १२, २०८१ शनिबार