आयोगमा नियुक्त भएका कांग्रेसीहरूलाई फिर्ता बोलाउन नेता गुरुङको देउवासमक्ष माग
नेपालबहस संवाददाता
माघ २२, २०७७ बिहिबार १९:४२:२०
२२ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई संवैधानिक आयोगहरुमा गरिएका नियुक्तिहरु खारेजीको माग गर्न आह्वान गरेका छन् । उनले ती आयोगहरुमा असंवैधानिक तरिकाबाट गरिएका नियुक्तिहरुको आफूलगायत कांग्रेसका केही नेताहरुले विरोध गरिसकेको तर पार्टी सभापति देउवाबाट पनि त्यसको विरोध हुनुपर्ने जनाएका छन् ।
‘संवैधानिक आयोगहरुमा असंवैधानिक तरिकाबाट गरिएका नियुक्तिहरुको हामीले व्यक्तिगत रुपमा विरोध जनायौं,’ पूर्वसांसद गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय सभापति शेरबहादुर देउवाज्यू, अब यी नियुक्तिहरुको खारेजीको माग गर्दै संस्थागत रुपमा पार्टीले निकाल्ने वक्तव्यको पर्खाइमा छु ।’ उनले भनेका छन् ।
संवैधानिक परिषद सम्बन्धि अध्यादेश, आयोगहरुमा नियुक्ति र शपथ सम्बन्धि कांग्रेसको विमति रहिआएको र यस सम्बन्धि प्रवक्ताले ट्विटमार्फत प्रस्ट पारिसक्नु भएकोले आयोगहरुमा नियुक्त भएका कांग्रेसका साथीहरूलाई फिर्ता बोलाउन पनि नेता गुरुङले सभापति देउवालाई ट्विटमार्फत मेन्सन गरेका छन् ।
संबैधानिक आयोगहरुमा असंवैधानिक तरिकाबाट गरिएका नियुक्तिहरुको हामीले व्यक्तिगत रुपमा बिरोध जनायौं। आदरणीय सभापति @DeubaSherbdr ज्यु! अब यी नियुक्तिहरुको खारेजीको माग गर्दै संस्थागत रुपमा पार्टीले निकाल्ने वक्तव्यको पर्खाइमा छु।
— Dhan Raj Gurung (@dhanrgrg) February 4, 2021
केपी ओलीले पुष ५ गते गरेको प्रतिनिधिसभा विघटन र हालै संवैधानिक आयोगमा गरेका नियुक्तिको बारेमा कांग्रेस नेताहरुले खुलेरै विरोध गरेका छन । नेकपाको प्रचण्ड–नेपाल पक्षले तिनै नियुक्तिको विरोधमा आज बिहीबार देशभर आमहडताल गरेका बेला कांग्रेस नेता गुरुङले आफ्नै पार्टी सभापति देउवामाथि त्यसमा संस्थागत विरोध गर्न दबाब दिएका हुन् ।
उनले केपी ओली सरकार प्रति लक्षित गर्दै एक अर्को ट्विटमार्फत अलोकतान्त्रिक, भ्रष्टाचारी, निरङ्कुश, सर्वसत्तावादी सरकारले जनतालाई सुशासन प्रदान गर्नुको सट्टा सडकमा प्रदर्शन गरेर तमासा देखाइरहेको बताएका छन् । कहीँ नभएको जात्रा बयलगाडे तन्त्रमा देख्न पाइन्छ भन्दै नेता गुरुङले ओलीप्रति कठोर व्यङग कसेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक
असोज १२, २०८१ शनिबार
नेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
काठमाडौंबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन
असोज १२, २०८१ शनिबार
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
असोज १२, २०८१ शनिबार
अपडेट :काठमाडौं उपत्यकामा ९ महिने गर्भवतीसहित ३४ को मृत्यु (नामावली)
असोज १२, २०८१ शनिबार
पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित
असोज १२, २०८१ शनिबार