नगरपालिकाले किशोरीहरुलाई आइरन चक्की खुवाउदै
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १५:४५:१८
२३ माघ,दमौली । किशोरीमा रक्तअल्पताको कमी हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै विद्यालयका किशोरीलाई आइरन चक्की खुवाउने अभियान शुरु गरेको हो ।
माघको पहिलो बुधबारबाट यो अभियान शुरु भएको नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । किशोरीलाई प्रत्येक बुधबार विद्यालयमै आइरन चक्की खुवाइन्छ । त्यसका लागि स्वास्थ्य शाखाले विद्यालय नजिक रहेको स्वास्थ्य संस्थामा आइरन चक्कीको व्यवस्थापन गरेको छ । स्वास्थ्य संस्थाले विद्यालयको समन्वयमा किशोरीलाई आइरन चक्की खुवाउने व्यवस्था मिलाउनेछन् । नगरपालिकाभित्र ७५ सामुदायिक र ४३ निजी विद्यालय छन् ।
१० देखि १९ वर्षभित्रका किशोरी तथा युवतीलाई आइरन चक्की खुवाइनेछ । साउन, भदौ, असोज, माघ, फागुन र चैतमा आइरन चक्की खुवाइनेछ भने कात्तिक, मङ्सिर, पुस, वैशाख, जेठ र असारमा आइरन चक्की खुवाइने छैन ।
बाल्यावस्थापछि मानव शरीरमा हुने वृद्धि र विकासको दृष्टिकोणले दोस्रो महत्वपूर्ण अवधिको रूपमा लिइन्छ । किशोरावस्था भन्नाले बाल्यावस्था र वयस्क अवस्थाबीचको मानव विकासको चरणलाई जनाउँछ । विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्षको उमेर समूहलाई किशोरावस्था भनी परिभाषित गरेको छ । किशोरावस्थामा वयस्कावस्थाको ४० देखि ६५ प्रतिशत तौल र १५ देखि २० प्रतिशतसम्म उचाइ हासिल हुन्छ ।
किशोरावस्थामा तीव्र दरमा शारीरिक वृद्धि विकास हुने भएकाले पोषणको आवश्यकता बढी हुन्छ । पोषणतत्व अधिक आवश्यकता हुने भएता पनि विभिन्न कारण सामाजिक, सांस्कृतिक, आर्थिक, जीवनस्तर परिवर्तन, मनोवैज्ञानिक आदिले गर्दा पोषणयुक्त खानपानमा कमी हुने हुँदा न्यून पोषणको जोखिम हुन्छ, जसमध्ये रक्तअल्पता पनि एक हो । रक्तअल्पता भनेको शरीरमा रगतको कमी भएको अवस्था हो । रक्तअल्पताका कारणहरुमध्ये आइरनको कमी एक प्रमुख कारण हो ।
नेपालमा करिब ३५ प्रतिशत प्रजनन उमेरका महिला रक्तअल्पताबाट पीडित छन् भने ३९ प्रतिशत किशोरीमा रक्तअल्पताको समस्या देखिएको तथ्याङ्क छ । नेपाल सरकारले रक्तअल्पताको समस्यालाई समाधान गर्न विभिन्न कदम चालिरहेको छ । विगत केही वर्षमा यसको प्रतिशत घटे पनि विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालका किशोरीहरुमा रक्तअल्पता मध्यम जनस्वास्थ्य समस्याको रूपमा रहको छ । यदि यो समस्या ४० प्रतिशतभन्दा बढी किशोरीमा देखिएमा गम्भीर समस्याको रूपमा रहने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार