सडक र पुल निर्माणभएपछि पालिका केन्द्रसम्म पुग्न सहज
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १६:१२:२०
२३ माघ,म्याग्दी । सडक र पुल निर्माणभएपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–५, ६ र ८ का बासिन्दालाई पालिकाको केन्द्र मौवाफाँट पुग्न यात्रा अवधि छोटिएको छ ।
रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमाना बुग्लस्थित राहुघाट नदीमाथि मोटर गुड्ने पुलका साथै बुग्ल हँुदै झिँ जोड्ने सडक निर्माण भएपछि साढे दुई घण्टा लाग्ने बाटो ४५ मिनेटमा छोटिएको हो । रघुगङ्गा हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन राहुघाट जलविधुत आयोजनाले हालै बुग्लमा ट्रस प्रविधिको ४० मिटर लामो यो पुल र सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुग्लदेखि झिँ जोड्ने सात किलोमिटर सडक निर्माण गरेको छ ।
बुग्लमा पुल निर्माण भएपछि गाउँपालिकाले पहिरोले बिगारेको बुग्ल–झिँ सडक मर्मत गरेर सवारी साधन सञ्चालन गरेको हो । यो सडक मर्मतका लागि म्याग्दी क्षेत्र क बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममार्फत रु १० लाख विनियोजन गरेका छन् । सडक र पुल नहुँदा झिँ, पाखापानी र कुइनेका बासिन्दा गाउँपालिका केन्द्र मौवाफाँट पुग्न पात्लेखेत, घतान, बेनी, गलेश्वर र पिप्ले हुँदै घुमाउरो सडकको यात्रा गर्नुपर्ने समस्या थियो । सडक यातायातको विकल्पमा स्थानीयवासीले पैदलयात्रा गर्दै आएका थिए ।
बुग्लको पुल र सडकले ४० मेगावाट क्षमताको राहुघाट जलविधुत आयोजनाको बाँधलाई सिधा सडक सञ्जालमा जोडेको छ । राहुघाटको सिभिल ठेकेदार जयप्रकाश जेपी एशोसिएट्सले रघुगङ्गा नदीको दायाँबायाँ पक्की पर्खाल उठाएर ट्रस जोडेर रु दुई करोड ५० लाख खर्च गरेर ४० टन भारबहन क्षमताको ३।५ मिटर चौडाइ भएको पुल बनाएको हो । नेपाल विधुत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइइ«ले लिमिटेड प्रवद्र्धक रहेको राहुघाटको रघुगङ्गा–३ तिल्केनीस्थित विधुतगृह देखि दग्नाम र झिँको फेदीमा निर्माण हुने बाँधसम्म १० किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार