छत्तिस हजार बढीले बुझे कोरोना बीमा दाबीको भुक्तानी
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार २२:२५:५६
२३ माघ, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न निर्जीवन बीमा कम्पनीहरु मार्फत बीमा गराएका ३६ हजार भन्दा बढी बीमितले कोरोना बीमाको करिब ३ अर्ब ५५ करोड रुपैया भुक्तानी पाएका छन्
बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार माघ २३ गते शुक्रबारसम्म ३६ हजार ५६९ जना बीमितले कोरोना बीमाको रकम पाएका हुन् । यस अवधिमा ३६ हजार ५६९ जना बीमितलाई ३ अर्ब ५५ करोड २९ लाख २५ हजार रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ ।समितिका अनुसार माघ २३ गतेसम्म कारोना बीमामा ६५ हजार ५१९ वटा दाबी परेका छन् ।
ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका तीन हजार ३५५ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । ४ हजार ८७३ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।
समितिका अनुसार सात हजार ८२९ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् भने एक हजार ५९६ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।
त्यस्तै, ३६५ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । ८ हजार ५५४ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ ।
बीमा समितिले सार्वजनिक गरेको तथ्याङ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
इलाम–२ मा मतदान गर्दै वृद्धा ज्येष्ठ नागरिक
बैशाख १५, २०८१ शनिबार
लगानीकर्ताको स्वागतमा काठमाडौं
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलन आइतबारदेखि सुरु, ५५ देशका लगानीकर्ता आउँदै
बैशाख १५, २०८१ शनिबार
समुन्द्रमा बिछाइएको फाइबर अप्टिक फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट !
बैशाख १५, २०८१ शनिबार
अमेरिकाले युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने घोषणा
बैशाख १५, २०८१ शनिबार
आचारसंहिता उलंघन गरेका मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग
बैशाख १५, २०८१ शनिबार