आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाबिच निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता
नेपालबहस संवाददाता
असोज २१, २०८० आइतबार १४:३०:५४
२१ असाेज, काठमाडाैं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिका बिच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक शिव प्रसाद लामिछाने र नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले हस्ताक्षर गरे ।
उक्त सम्झौता पश्चात नीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण कृषक दाजु भाई तथा दिदी बहिनीहरुले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धता सहित धादिङ जिल्लामा नै नमूना नगरपालिकाको रुपमा रहेको छ ।
सोही अवसरमा प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले आफूले आफ्ना नगरवासी कृषक दाजुभाई तथा दिदी बहिनीहरुको पशुपन्छी, बालिनालीको बीमा पश्चात कुनै कृषक दाजुभाई तथा दिदी बहिनीको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन अनुरोध गरे । साथै, यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाले आफ्ना नगरवासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । आफ्ना नगरवासीहरुको सम्पत्तिको बीमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भुमिका निर्वाह गरी सराहनीय कार्य गर्नु भएकोमा नगर प्रमुख, प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, लेखा अधिकृत आर्जन श्रेष्ठ लगायत नगरपालिकाको टिमलाई धन्यवाद दिँदै नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सकिने हुनाले ढुक्क भएर सेवा लिन कम्पनीले आव्हान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दावी भुक्तानी बक्यौता सबैभन्दा उच्च
असोज ७, २०८० आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार