किन लगाइन्छ हातमा औंठी ? यस्तो छ वैज्ञानिक कारण
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार १८:५८:४२
धेरैलाई थाहा नै छ, हातमा औँठी सौन्द्रर्यको प्रतिकको रुपमा, त्यस्तै आर्थिक रुपमा सवल व्यक्तिहरुले सम्पन्नताको प्रतिकको रुपमा धारण गर्दछन् । त्यस्तै ग्रहगोचरको दृष्टिकोणले शुभलाभको प्रतिकको रुपमा औँठी लगाईन्छ भने अर्कोतिर विवाहमा लगाउने प्रचलन रहेको छ, जसलाई हामी साईमुन्द्रो पनि भनिन्छ ।
औँठी किन लगाईन्छ, यसको वैज्ञानिक कारण के छ, आज यसैको बारेमा चर्चा गर्नेछौं । बुढी औंला बाहेक औंलाको संकेत जेठी, माईली, साईली र कान्छी औंला भनी नाम दिएको छ । पञ्चतत्वले हाम्रो शरीर बनेको छ । मानिसको हातमा भएका पाँच औंलाहरुले यिनै पञ्चतत्वलाई प्रतिनिधित्व गरेका छन् ।
ग्रहगोचरका दृष्टिकोणले विभिन्न रङका रत्न तथा पथ्थरहरु लगाउँछौं । तिनीहरुको सम्बन्ध यिनै पञ्चतत्वसँग जोडिएको छ र जुनसुकै औंलामा लगाउने औँठीले हाम्रो शरीरलाई प्रत्यक्ष असर पारिरहेको हुन्छ ।
हातको कान्छी औंलाले जल तथा पानी तत्वको प्रतिनिधित्व गर्दछ । कान्छी औंलामा लगाउने औँठीले हाम्रो शरीरमा पानीको मात्रा कमी छ भने शरीरलाई आवश्यक मात्रामा चाहिनेजति पानीको मात्रा पुर्ति गर्ने वा शरीरमा भएको रगत तथा रस रसादीलाई व्यवस्थापन गर्ने काम कान्छी औलामा लगाउने औँठीले गर्दछ । हाम्रो शरीरमा पानीको मात्रा अत्यन्तै ठिक हुनु जरुरी छ, जसले हाम्रो शरीरमा पानीबाट लाग्ने रोगहरु लाग्न नदिने तथा शरीरमा भएका बिकारहरुलाई हटाएर बिभिन्न रोग लाग्नबाट बचाई राख्छ ।
त्यसैगरि साईली औला जसले पृथ्वीतत्वको प्रतिनिधित्व गरेको हुन्छ । जहाँ हामीले लगाउने औँठीले हाम्रो शरीरको तौललाई सन्तुलन गर्ने काम गर्दछ । धैरै दुव्लो मानिस वा धेरै मोटो मानिसले साईली औंलामा औँठी लगाउँदा आफ्नो तौल सन्तुलनमा आउँछ तथा मानिस धेरै सक्रिय पनि हुन्छ । अलि अल्छी मानिस छ भने यस औंलामा औँठी लगाउदा एक हप्तामा नै मानिसमा जोशजाँगर बढेर जान्छ ।
त्यसैगरी माईली औलाले आकाश तत्वको प्रतिनिधित्व गरेको हुन्छ । यो औलामा औँठी लगायो भने हाम्रो नसा भित्रको स्पेस जहाँबाट रगतको प्रवाह हुन्छ, त्यसमा असन्तुलन भएको छ वा नसाभित्र बोसो जमेर रगतको प्रवाह राम्रोसँग भईरहेको छैन भने वा रक्तसंचारसँग सम्वन्धित बिकारहरुलाई हटाउने काम गर्दछ ।
जस्तै नसाभित्र बोसो जमेर रगतकाे स्वतन्त्र प्रवाह नहुँदा कोलस्ट्रोल बढ्ने, ब्रेन ह्याम्ब्रेज हुने, हटएटेक, यूरिक एसिड, बाथरोग हुने आदि समस्याहरु हुन्छन् । जुन माईली औंलामा लगाईने औँठीले हल गर्दछ । किनकी हामीले लगाउने औँठीले नसा भित्रको स्पेसलाई बढाई रगत प्रवाह राम्रोसँग भईदिन्छ, जसले गर्दा हाम्रो शरीरमा बिभिन्न रोगहरु लाग्दैनन् ।
त्यस्तै जेठी औंलाले वायू तत्वको प्रतिनिधित्व गरेको हुन्छ । हाम्रो शरीरमा वायू सन्तुलन हुनु अत्यन्तै जरुरी छ । जेठी औंलामा लगाउने औँठीले हाम्रो शरीरमा वायू तथा पेटसँग सम्वन्धित रोगहरु लाग्न दिदैन । पेट ठिक भयो भने सबै शरीरका अंगहरु स्वतन्त्र रुपमा स्वचालित हुन्छन् । भनिन्छ, रोगहरुको जननी नै पेट हो । त्यसैले हाम्रो पेट ठिक छ भने रोगहरुले आक्रमण गर्न सक्दैन । त्यसैले शरीरमा ग्यास जम्ने, झस्का पस्ने आदि बिभिन्न रोगहरुसँग लड्ने क्षमता यो औंलामा लगाउने औँठीले दिईरहेको हुन्छ ।
त्यस्तै बुढी औंलाले अग्नी तत्वको प्रतिनिधित्व गरेको हुन्छ । शरीरमा चाहिने तापक्रम सन्तुलन गर्न यो औंलामा औँठी लगाईन्छ । हाम्रो शरीर एकदम चिसो छ वा तात्दैन भने यो औलामा औँठी लगायो भने शरीरको तापक्रम सन्तुलन हुन्छ अथवा यो औलामा औँठी नलगाई श्रम गरेर पनि शरीरमा तापक्रमको सन्तुलन गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
सिद्धार्थ बैंकको नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा
माघ ३, २०८१ बिहिबार
सैफअली खान माथी मध्यरातमा आक्रमण गर्ने तीन जना पक्राउ
माघ ३, २०८१ बिहिबार
सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माघ ३, २०८१ बिहिबार
बिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार