लमजुङमा बाढीपहिरोपीडित शीतको टहरामा बस्न बाध्य
नेपालबहस संवाददाता
माघ २५, २०७७ आइतबार १७:३७:२९
२५ माघ,लमजुङ । लमजुङमा बाढीपहिरोपीडित शीत झर्ने टहरामा बस्न बाध्य छन् । गण्डकी प्रदेशअन्तर्गत लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका बाढीपहिरो पीडित जाडो याममा शीतको टहरामा बस्दै आएका छन् ।
गत साउन ७ र ८ गते गएको बाढीपहिरो पीडित ८१ घरधुरीका स्थानीयवासी घरबारविहीन भएपछि सोही वडामा जस्तापाताको टहरामा बस्दै आएका छन् । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा अस्थायीरूपमा निर्माण गरिएको जस्तापाताको टहरामा बस्नलाई समस्या हुने गरेको उनीहरूको भनाइ छ । चारैतिर जस्तापाताले अस्थायी टहरा निर्माण गरिएकाले पुस माघको चिसो मौसममा बिहान शीतले ओछ्यान भिज्ने गरेको गीता मगराती बताउछिन् ।
मगराती भन्छिन्, “टिनको टहरा भएकाले शीत पर्छ, त्यस्तैले भकारी राखेर शीत तथा चिसो छल्ने गरेपनि भकारी नै भिजेर शीत ओछ्यानमै छिर्ने गरेकाले समस्या उत्पन्न भइरहेको छ । केही दिनबाट बढेको चिसोले झन् घरमा मेरो १० महिनाको बच्चा छ, बच्चालाई जति न्यानोसँग राख्न खोजे पनि चिसो नै हुने गरेको छ”, उनले गुनासो गरिन । उनीहरू मात्र होइन यहाँ बसेका धेरै परिवारमा नौदेखि १० महिनाका बालबच्चा बढी रहेकाले उक्त समस्या उनीहरूमा पनि उस्तै छ । चारैतिर जस्तापाताले बनाइएकाले पुस माघमा जाडो र चैत वैशाखमा गर्मीले सुत्न बस्नलाई समस्या हुने बाढीपहिरोपीडित तारा अछामी बताउछिन् ।
उनले भनीन्, “यहाँ बालबच्चा र वृद्धवृद्धा नै बढी मर्कामा परेका छन् । तत्काल समस्या समाधान होलाजस्तो छैन ।” यहाँका बाढीपहिरो पीडितले स्थिररूपमा दिगो हुने गरी यहाँको समस्या समाधान छिटो गरिदिन सरकारलाई आग्रह गरेका छन् । वडाका वडाध्यक्ष प्रेमबहादुर बस्नेतले उनीहरु चिसो भयो भनेर भन्न नआएको बताएका छन् । उनका अनुसार उनीहरूका विविध समस्या समाधानका लागि वडा कार्यालयदेखि पालिकाले बाढीपहिरा पीडितका लागि निजी आवास पुनःनिर्माणको प्रयास गरेको छ । केही दिनअघि मात्र प्रदेश सरकारलाई यसबारे जानकारी गराउँदै निजी आवास पुनःनिर्माणका लागि आग्रह गर्छौँ । यससम्बन्धी प्रदेशमा कार्यविधि बनाउने तयारीमा रहेको र उनीहरूको निजी आवास पुनःनिर्माण कार्य अगाडि बढाउने जवाफ दिएको वडाध्यक्ष बस्नेतले बताए ।
विभिन्न सङ्घसस्थाले गरेको सहयोग रकममध्ये रु एक करोड रहेको र सो रकम उनीहरूलाई जग्गा खरिदका लागि दिने वडा कार्यालयले जनाएको छ । निजी आवास पुनःनिर्माणका लागि बाढीपीडितले जग्गा खोज्न थालेको वडा कार्यालयले जनाएको छ । सो अवधिमा बाढीपहिरोले तरापु पल्लोटारीका ८१ घरमध्ये २१ घर पूर्ण क्षति, ३२ घर आधाजस्तै भत्किएको र २८ घर उच्च जोखिममा परेको छ ।–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार