लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्याे
नेपालबहस संवाददाता
माघ २५, २०७७ आइतबार १८:४:५४
२५ माघ, काठमाडौं । देशभरमा हाल इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड ३९ लाख पुगेको छ । लकडाउनपछि मात्र इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत चैतदेखि कात्तिकसम्म मात्र २० लाख ६८ हजार इन्टरनेट प्रयोगकर्ता थपिएका छन् ।
लकडाउनअघि २ करोड १८ लाख ५२ हजार इन्टरनेट प्रयोगकर्ता रहेकामा अहिले २ करोड ३९ लाख २१ हजार पुगेका छन् । गत फागुनसम्म ५० लाख ८२ हजार रहेको तारसहितको ‘फिक्स लाइन’ इन्टरनेट प्रयोगकर्ताको संख्या ६१ लाख १९ हजार पुगेको छ ।
तारसहितको इन्टरनेट प्रयोग गर्नेको संख्या ८ महिनाको अवधिमा १० लाख ३७ हजार बढेको प्राधिकरणले जनाएको छ । फिक्स लाइन इन्टरनेट ग्राहकको संख्या यति छोटो अवधिमा १० लाखभन्दा बढी थपिएको यो पहिलो पटक हो ।
लकडाउनअघि ३ लाख ९२ हजार रहेको वर्ल्डलिंक कम्युनिकेसनको फिक्स्ड लाइन ग्राहक कात्तिकससम्म ४ लाख २२ हजार पुगेको छ । नेपाल टेलिकमको २ लाख ३४ हजार फिक्स्ड लाइन ग्राहक पनि बढेर २ लाख ७० हजार पुगेको छ । सुबिसुको १ लाख १७ हजार फिक्स्ड लाइन ग्राहक बढेर १ लाख ६९ हजार पुगेको छ । भायानेटको ग्राहक १ लाख ३ हजारबाट १ लाख २३ हजार पुगेको छ ।
बजारमा केबल र फाइबर इन्टरनेट सेवा दिने ४० वटा कम्पनी छन् । ताररहित र तारसहितका फिक्स्ड लाइन सेवा दिने सबैजसो कम्पनीले लकडाउनको अवधिमा ग्राहक संख्या विस्तार गरेका छन् ।
फिक्स्ड लाइनतर्फ ‘वायरलेस’ इन्टरनेट प्रयोगकर्ता भने लकडाउनमा दुई हजार मात्र बढेका छन् । लकडाउनअघि रेडियो वाइफाइ र वाइम्याक्सबाट ताररहित इन्टरनेट सेवा लिनको संख्या २ लाख २४ हजार रहेकोमा अहिले २ लाख २६ हजार पुगेको छ ।
मोबाइलमा इन्टरनेट जोड्नेको संख्या पनि उच्च दरमा बढिरहेको छ । ८ महिनाको अवधिमा मोबाइल ब्रोडब्यान्ड प्रयोग गर्नेको संख्या १० लाखभन्दा माथि उक्लिएको छ । लकडाउनअघि १ करोड ६५ लाख ४५ हजार मोबाइल इन्टरनेट प्रयोगकर्ता थिए, अहिले १ करोड ७५ लाख ७५ हजार नाघेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार