गाउँपालिकाले थाल्यो छोरी बचत खाता अभियान
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार २१:२२:४०
२६ माघ,रुकुमपूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले छोरी बचत खाताको शुरुआत गरेको छ । गाउँपालिकाको वडा नं ३ पाँगांका ४ महिनाकी सिमा खड्को खाता खोलेर छोरी बचत खाताको थालनी गरेको हो । कृषि विकास बैंकमा खोलेको उनीको बचत खातामा गाउँपालिकाले ५ हजार जम्मा गरिदिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको साउन १ गतेभन्दा पछाडि जन्मिएका सबै छोरीहरुको बचत खाता खोलिदिने भएको छ । साउन पछाडि जन्मेका गाउँपालिका क्षेत्रभित्रका सबै छोरीहरुको बचत खाता खोलिदिने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताएकी छिन् । गाउँपालिकाले सबै छोरीको खातामा रु।५÷५ हजार रुपैयाँ जम्मा गरिदिनेछ ।
छोरी बचत खाताको लागि गाउँपालिकाले मापदण्ड पनि निर्धारण गरेको छ । महिलाले अनिवार्य ४ पटक गर्भ जाँच गराएको, स्वास्थ्य संस्थामै सुत्केरी भएको र जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्ने छ ।
सबै प्रक्रिया पूरा भएपछि वडाको सिफारिस लिएर गाउँपालिकामा गएपछि गाउँपालिकाले नै छोरी बचत खाता खोलीदिने छ । उक्त खाता मुद्दती हुने जनाएको छ । छोरी २० वर्ष पुगेपछि मात्रै त्यो रकम निकाल्न पाइने छ । त्यसका लागि २० वर्ष नपुगी विवाह नगरेको र पढाइ निरन्तरता हुनुपर्ने छ । २० वर्षपछि उक्त रकम छोरीले निकालेर आफैं चलाउन पाउने गरी गाउँपालिकाले कार्यविधि तयार पारेको छ ।
स्वास्थ्य, सचेतना, जागरणका लागि छोरी बचत कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । छोरी बचत कार्यक्रमबाट छोरीको सुरक्षालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार
दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार