ओली आज आयोगको कार्यालय जाँदै
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १४:२८:२५
२७ माघ, काठमाडाैं । प्रधानमन्त्री केपी ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैछन् । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।
प्रचण्ड-माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली गएका थिएनन् । उनी आज बिहान ११ बजे आयोगको कार्यालय जाने उनको सचिवालय स्रोतले बतायो । नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।
प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्नेछन् । साथै उनले आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बताइएको छ ।
गत पुष ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् । संसद विघटन लगत्तै नेकपा विभाजित भएको थियो । एउटा खेमाको नेतृत्व ओलीले गरेका छन् भने अर्कोको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन् ।
बहुमत केन्द्रीय सदस्यहरु आफूतिर रहेको दाबी गर्दै आएको प्रचण्ड-माधव समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले पनि प्रचण्ड-माधव पक्षका नेताहरुलाई हटाउँदै संगठन पुनर्गठन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
नेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
काठमाडौंबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन
असोज १२, २०८१ शनिबार
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
असोज १२, २०८१ शनिबार
अपडेट :काठमाडौं उपत्यकामा ९ महिने गर्भवतीसहित ३४ को मृत्यु (नामावली)
असोज १२, २०८१ शनिबार
पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार