कास्कीका जनतालाई पक्की मोटरेवल पुलले दिएको खुशी
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १६:२४:५३
२७ माघ,कास्की । कास्कीको मादी गाउँपालिका–१ खिलाङका जनताहरु पक्की मोटरेवल पुल बनेपछि खुशी भएका छन् । खिलाङका गोलमान गुरुङलाई काँहुखोला–दूधपोखरी सडकखण्डको विजयपुर खोलामा पक्की मोटरेवल पुल बनेर गाडी चल्दासमेत अझै सपनाजस्तै लागेको छ । पुलका लागि लामो समय प्रयत्न गरेका उनीजस्ता धेरैको मुहारमा अहिले पुल बनेर उद्घाटनसँगै खुशी छाएको छ । पोखरा–१३ र मादी–५ जोड्ने सिउँदीको मुखस्थित विजयपुर खोलामा पुल निर्माण सम्पन्न भएर सवारी साधन वारपार गर्न थालेपछि गाउँलेमा खुशीयाली छाएको हो । सोमबार भव्य कार्यक्रमसहित पुल उद्घाटन भएपछि उनीहरु थप उत्साहित भएका छन् ।
मादीका उत्तरी भेगका जनताले बर्खायाममा भोग्नुपरेको दुःख र कष्ट वर्णन गरिसाध्य छैन । गाउँमा कोही बिरामी परेर अस्पताल लैजाँदा होस् वा सामान्य अवस्थामा बजार आउँदा÷जाँदा होस् बर्खामा उर्लिएर आउने विजयपुर खोलाको भेलमा हेलिनुको विकल्प थिएन । वि सं २०५५ तिर बनेको झोलुङ्गे पुलले पैदल आवतजावत केही सहज बनाए पनि नदीमा सवारी साधन वारपार हुन नसक्दा जनतालाई सास्ती थियो । बर्खा लाग्न थालेपछि गाउँलेको पोखरासँगको सम्पर्क विच्छेद हुने गरेको थियो ।
पोखरा महानगरपालिका र मादी गाउँपालिकाको उत्तरी सीमालाई विजयपुर खोलाले छुट्याएको छ । दुई पालिकाको सीमा रहेको नदी बर्खायाममा मादीवासीका लागि त्रास बनेर आउँथ्यो । हालको आधा गाउँपालिका वर्खायाम गाउँमै थुनिनुपर्ने बाध्यता थियो । अब भने उनीहरुले सुखका दिन महुसुस गरेको मादी–७ का वडाध्यक्ष लालबहादुर गुरुङ बताएका छन् ।
खोलामा पक्की पुल स्थानीयवासीको हरेक निर्वाचनमा पहिलो माग रहने गरेको थियो तर लामो समय त्यसले सार्थकता पाउन नसके पनि स्थानीय तहमा जनप्रतिनिधि आएपछि दबाब बढ्यो । विगतमा सर्भे र माटो परीक्षणमा असफल भए पनि जनप्रतिनिधि आएपछि विभिन्न विकल्पसहित पुल निर्माणको योजनालाई सफल बनाइएको छ । पुल बनेपछि मादी गाउँपालिकामा १२ वडामध्ये छ वडाका १० हजार बासिन्दा पुलबाट प्रत्यक्ष लाभान्वित भएका छन् । वडा नं १, २, ३, ५, ६ र ७ का वासिन्दाको शहर र गाउँ आवतजावतमा सहज भएको छ ।
गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ वर्षौँ अघिदेखिको पुलको सपना विपनामा परिणत हुँदा आफूहरु खुशीले भावविह्वल बनेको बताउछन् । लोकतन्त्र र सही नेतृत्वका कारणले पुलसहित मादीमा विकासको ढोका खुलेको उनको भनाइ छ । गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको शान्ति प्रक्रियाको उद्गम थलो मानिएको सिक्लेस प्रवेशको प्रमुखमार्ग यही हो तर सिक्लेस जान पुलकै कारण सहज थिएन । पर्यटनको गन्तव्य बनेको सिक्लेसको चर्चा शान्ति सम्झौतापछि स्वदेश तथा विदेशमा समेत थप चर्चामा छ ।
सोही वार्तापछि प्रचण्डलगायत माओवादी नेतृत्व असार पहिलो साता राजधानीमा पहिलोपटक सार्वजनिक भएको र शान्ति सम्झौतापछि देशमा द्वन्द्व अन्त्य भएकाले सिक्लेसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाले ‘शान्ति स्मारक’ निर्माण गरेको छ । स्मारक अनावरणका लागि विसं २०७५ मङ्सिरमा सिक्लेस आउँदा प्रचण्डले विजयपुर खोलाको सोही पुलसमेत शिलान्यास गरेका थिए ।
पुल बनेसँगै सिक्लेसको भविष्य थप सुन्दर बनेको गाउँका अगुवा बताउँछन् । सिक्लेससहित ताङतिङ, क्रपुडाँडा, कफूचे ताललगायत मादीका पर्यटकीयस्थलमा जाने पर्यटकलाई समेत सहज हुने गाउँपालिका अध्यक्ष गुरुङले बताएका छन् । सडक डिभिजन कार्यालय पोखराको रु पाँच करोड ७५ लाख २९ हजार १२४ लागतमा निर्माण गरिएको सो पुल ५४ दशमलव १७ मिटर लामो र ११ मिटर चौडाइको छ । विसं २०७५ असार २१ गते रायमाझी÷द क्याराभान जेभी काठमाडौँसँग ठेक्का सम्झौता गरिएकामा निर्माण कम्पनीले विसं २०७७ असोज ८ गते तोकिएको म्यादभित्र पुल निर्माण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार