आक्रामक बन्दै वाणिज्य बैंकहरूः एक महिनामै एक खर्बले बढ्यो कर्जा प्रवाह
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १७:१४:५५
२७ माघ, काठमाडौ । यतिबेला बैंकहरु कर्जा प्रवाहमा आक्रमण देखिन थालेका छन् । पछिल्लो एक महिनामा वाणिज्य बैंकहरुले कर्जा प्रवाह १ खर्बले बढाएका छन् । लकडाउनका कारण ठप्प रहेको अर्थतन्त्र पुनः चलायमान हुन थालेको हो ।
पछिल्लो एक महिनाको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुले १ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत पुष २४ गते बैंकहरुको कुल कर्जा प्रवाह ३१ खर्ब ८५ अर्ब रुपैयाँ रहेको थियो । यो माघ २३ गतेसम्म कर्जा प्रवाह बढेर ३२ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार पछिल्लो एक साताको अवधिमा बैंकले कर्जा प्रवाह २२ अर्ब रुपैयाँले बढाएका छन् । गत माघ १६ गते कुल कर्जा प्रवाह ३२ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा माघ २३ गतेसम्म बढेर ३२ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।
यसैबीच गत एक साताको अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन पनि ५ अर्ब रुपैयाँले बढेको छ । योसँगै गत माघ २३ गतेसम्म वाणिज्य बैंकले ३७ खर्ब ८४ अर्ब रुपैयाँ कुल निक्षेप संकलन गरेका छन् । गत माघ १६ गते बैंकहरुको कुल निक्षेप ३७ खर्ब ७९ अर्ब रुपैयाँ रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार
आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
मंसिर १८, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १८, २०८१ मंगलबार