एकै दिन नमोबुद्धका दुई वडा कार्यालय भवन शिलान्यास
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १८:२७:३५
२७ माघ, बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले एकै दिन दुई वडा कार्यालय भवनको शिलान्यास गरेसँगै निर्माणकार्य अगाडि बढाएको छ । सोमबार नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले नगरपालिका–८ र ९ को वडा कार्यालय भवन शिलान्यास गरेसँगै भवन निर्माण शुरु भएको हो ।
भवन शिलान्यास गर्दै नगर प्रमुख तिमल्सिनाले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । दुबै वडाको कार्यालय भवन निर्माणको ठेक्का जानकी निर्माण सेवा पनौती–१० ले प्राप्त गरेको छ ।
वडा नं ८ का लागि भ्याटबाहेक ४३ लाख ६१ हजार १४९ र वडा नं ९ का लागि ४१ लाख ४४ हजार २२३ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । नगरपालिकाले सबै वडामा एकै प्रकारको डिजाइनका सुविधासम्पन्न कार्यालय भवन निर्माणको योजना बनाएको छ । नगरपालिकाले यस वर्ष पाँच वटा वडा कार्यालय भवन निर्माण गर्दैछ । केही दिनअघि मात्रै वडा नं १० को कार्यालय भवन शिलान्यास भएसँगै निर्माणकार्य अगाडि बढिसकेको छ भने यसअघि निर्माण थालिएका वडा नं। ३, ६ र ११ का वडा कार्यालय भवनको निर्माण अन्तिम चरणमा पुगिसकेको छ । यस वर्ष निर्माण हुने वडा नं २ र वडा ७ को भवन निर्माण गर्न बाँकी दुई वडा कार्यालय भवन निर्माण पनि यही महिनाभित्र शुरु गर्ने तयारी रहेको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार