म्याग्देमा वडा कार्यालय भवन शिलान्यास
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १९:२८:५०
२७ माघ, तनहुँ । म्याग्दे गाउँपालिका–३ मा वडाकार्यालय भवनको सोमबार गाउँपालिकाकी अध्यक्ष मायादेवी राना एवं उपाध्यक्ष बालकृष्ण घिमिरले संयुक्त रुपमा शिलान्यास गरे ।
सो अवसरमा गाउँपालिकाकी अध्यक्ष रानाले गाउँपालिकाभित्रका वडा तथा स्वास्थ्य केन्द्रका भवन निर्माण गरेर भाडामुक्त बनाउन लागिएको बताउँदै गाउँपालिकाले विकास निर्माण, स्वास्थ्य, शिक्षा र रोजगारमूलक सीपलाई प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी दिए । उनले जग्गा व्यवस्थापन हुन नसक्दा उक्त वडा कार्यालय भाडामा बसेर सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएकाले अबका दिनमा सहज हुनेमा विश्वास व्यक्त गरे ।
भवन निर्माणका लागि तनहुँ उद्योग वाणिज्य सङ्घ तनहुँका निवर्तमान अध्यक्ष कृष्णराज पण्डितले करीब रु एक करोड मूल्य बराबरको लालपुर्जाभित्रको आठ आना र भोगचलन गर्दै आएको अन्य दुई रोपनीसहित कूल साढे दुई रोपनी जग्गा निःशुल्करुपमा दान गरेको हो । गाउँपालिकामा रहेका छवटा वडामध्ये ३ नं वडाको भवन जग्गा नपाएर समस्यामा परेको आफूले जानकारी पाएपछि जग्गादान गर्ने निर्णयानुरुप उपलब्ध गराएको उनले बताए ।
म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको केही समयअघि मात्रै शिलान्यास सम्पन्न गरिएको छ । वडा नं ३ र ६ वडा भवनका लागि निःशुल्क जग्गादान प्राप्त भएको गाउँपालिका कार्यालयले जनाएको छ । अन्य वडाका लागि सार्वजनिक जग्गामा भवन निर्माण गरिएको छ । उक्त गाउँपालिकाअन्तर्गतका वडामध्ये वडा नं १ र ५ को गत वर्ष टेन्डर गरी निर्माण सम्पन्नको अन्तिम चरणमा रहेका छन् भने वडा नं ४ र ७ को यसअघि नै शिलान्यास भइसकेको छ ।
त्यसैगरी वडा नं २ को वडा कार्यालयले साबिकको गाविस भवनबाट काम प्रवाह गरिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । छवटा वडामध्ये तीनवटा वडामा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण गरिसकिएको छ भने अन्य तीनवटामा पुरानै स्वास्थ्य भवनबाट सेवा सञ्चालन गरिँदै आएको उहाँले जानकारी दिए । वडा नं १ मा जग्गा व्यवस्थापन गर्न नसकिए पनि स्वास्थ्य सेवाको पहुँच पुर्याइएकाे गाउँपालिका कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार