प्रहरीका लागि बाग्मती प्रदेशमा ४६ भवन निर्माण
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १८:४५:३६
२८ माघ, हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सुरक्षा निकायको मनोबल बढाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रातोमाटे, हेटौँडामा वाग्मती प्रदेश सरकारले निर्माण गरेको दुई तले भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले प्रदेशका विभिन्न स्थानमा प्रहरीका लागि ४६ भवन निर्माण भइरहेको जानकारी गराएका छन् । करीब आधा भवन निर्माण सम्पन्न भएको र अन्य आगामी असारसम्ममा सम्पन्न हुने उनले बताएका छन् ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले प्रदेश सरकार प्रहरीको चुस्त व्यवस्थापनमा जुटेको बताए । उद्घाटन कार्यक्रमको समापन गर्दै बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले नवनिर्मित भवनमा १२५ प्रहरीलाई व्यवस्थित रुपमा राख्न सकिने बताएका छन् ।
आन्तरिक मामिला मन्त्रालयका अनुसार मकवानपुरमा सात, काभ्रेपलाञ्चोक र सिन्धुलीमा ६÷६, चितवन र रामेछापमा पाँच÷पाँच, रसुवा र दोलखामा चार र धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा तीन तीन भवन निर्माण भइरहेका छन् । प्रहरी भवन निर्माणका लागि सबैभन्दा बढी मकवानपुर जिल्लामा रु १८ करोड २१ लाख ९६ हजार छुट्टाइएको छ । मकवानपुरमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन, इलाका प्रहरी कार्यालय ठिङ्गन, प्रहरी चौकी कान्द्राङ, प्रहरी चौकी रातोमाटे, प्रहरीचौकी डाँडाखर्क, प्रहरी चौकी हात्तीसुँडे, सशस्त्र प्रहरी गण रातोमाटेमा भवन निर्माण भएका हुन ।
त्यसैगरी चितवनमा रु नौ करोड ९१ लाख ९१ हजार, सिन्धुलीमा रु १२ करोड ८९ लाख ७० हजार, धादिङमा पाँच करोड ९५ लाख ४१ हजार रकम छुट्टाइएर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नुवाकोटका लागि रु १० करोड ५८ लाख ३३ हजार, दोलखाका लागि सात करोड १४ लाख २२ हजार रहेको छ । रामेछापका लागि रु १२ करोड ४९ लाख ९१ हजार, रसुवाका लागि १४ करोड ९५ लाख २० हजार र सिन्धुलीका लागि सात करोड ८२ लाख ८२ छुट्टाइएको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार