प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार २३:५०:१५
२८ माघ,पोखरा । नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सेनाको पश्चिम पृतना हेडक्वाटर, विजयपुर पोखरामा आज गण्डकी प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।
‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने नाराका साथ सो सम्मेलन शुरु भएको हो । भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा शुरु भएको सो सम्मेलनको प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उद्घाटन गर्दै भूतपूर्व सैनिक तथा बहालवाला सैनिकबीच सामिप्यता बढाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
भूपू सैनिक तथा हिताधिकारीको पिरमर्का व्यवस्थापनको माध्यमका रुपमा सम्मेलन प्रभावकारी रहेको बताउँदै उनले भूतपूर्व सैनिकको सेवा निवृत्त जीवन स्वदेशमा नै उच्च आत्मसम्मानका साथ रहोस् भन्ने आफूहरूको चाहना भएको धारणा व्यक्त गरेका छन् । उनले नेपाली सेना कल्याणकारी बोर्डले त्यस किसिमका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गरे ।
सो अवसरमा प्रधानसेनापति थापाले ज्येष्ठ भूतपूर्व सैनिक ९६ वर्षीय बागलुङ जिल्ला निवासी सिपाही मनिराज थापा र तत्कालीन श्री भैरवप्रसाद गुल्मबाट अवकाशप्राप्त सुवेदार हर्कबहादुर थापा मगरको श्रीमती ९९ वर्षीया नरकुमारी थापामगरलाई सम्मान गरेका छन् । कार्यक्रममा सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल तनहुँ जिल्लाका पूर्वजमदार बोधराज शर्माकी श्रीमती स्मृति शर्मा वाग्ले र गोरखा जिल्लाका पूर्वप्रबन्धक चन्द्रसिंह बस्नेतलाई सम्मान गरिएको थियो ।
त्यस्तै चार वा सोभन्दा बढी सन्नततिलाई सेनामा सेवा गर्न अभिप्रेरित गर्ने १३ जना आमाबुबालाई सम्मान गरिएको थियो । सम्मेलनकै अवसरमा फरक क्षमता भएका तथा असक्तलाई ह्विल चियर, वैशाखी र आर्थिक सहयोग तथा लघुवित्त कार्यक्रमअन्तर्गत महिला उद्यमशील कर्जा प्राप्त गर्ने ऋणिलाई चेक हस्तान्तरण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार