जनसहभागितामा लोकतन्त्र चोकदेखि गणतन्त्र चोकसम्मकाे सडक कालोपत्र गरिने
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १८:४२:२२
२९ माघ, बाग्लुङ । गलकोट नगरपालिकाको व्यापारिक केन्द्र हटिया बजारको भित्रि सडक जनसहभागितामा कालोपत्रका गरिने भएकाे छ । लोकतन्त्रचोकदेखि पुरानो बजार र गणतन्त्रचोकहुँदै रजहरासम्मको झण्डै एक किमि सडक कालोपत्र हुन लागेको हो ।
सो योजनामा नगरपालिका र स्थानीयवासीको लागत साझेदारी रहेको वडा नं ३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिए । “नगरको रु ७० लाख र स्थानीयवासीको रु ३० लाख बजेट छ”, उनले भने, “बोलपत्र भइसकेको छ, अर्को हप्तादेखि काम शुरुआत हुन्छ ।”
नगरभित्रका सडक स्तरोन्नति र कालोपत्रका लागि नगरपालिकाले वर्षेनि बजेटमा प्राथमिकता दिँदै आएको छ । नगरपालिकाको केन्द्रसँगै जोडिएको हटिया बजारको भित्री सडक अहिलेसम्म कालोपत्र हुन सकेको थिएन ।
मध्यपहाडी लोकमार्ग बजारको तल्लो भागबाट अगाडि बढेपछि पछिल्लो समय बजार विस्तार त्यतै केन्द्रित बनेको छ । भित्री बजार क्षेत्रको सडक सुधारसँगै नाली व्यवस्थापनको काम पनि सँगसँगै अगाडि बढेको उनले बताए ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मार्फत गत वर्षदेखि थालिएको नाली निर्माणको काम ७५ प्रतिशत पूरा भइसकेको जनाइएको छ । ६० लाखको बजेटमा नाली निर्माणको काम शुरुआत भएको थियो ।
सडक र नाली बनेपछि बजार क्षेत्र व्यवस्थित बन्ने गलकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए । “कालोपत्र भएपछि यातायात पनि सहज हुन्छ, पुरानो बजार पनि राम्रो बन्ने भयो”, उनले भने ।
नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्मको सडक स्तरोन्नति नगरको मुख्य प्राथमिकतामा रहेको जानकारी दिनुभयो । “नगरभित्रका सबै मुख्य सडकमा बाह्रैमास यातायात चल्ने अवस्था बनेको छ”, उनले भने ।
अन्य वडामा पनि सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । वडा नं १० पाण्डवखानीको गैराभाटीदेखि रमुवा जोड्ने सडकमा रु ५० लाख बजेटमार्फत काम भइरहेको जनाइएको छ । वडा नं ८ को बराहबोटदेखि वडा कार्यालयसम्मको सडक ढलान हुँदैछ । यस्तै वडा नंं। ११ को चौरदेखि सानोरिघासम्मको सडक स्तरोन्नतिको काम अगाडि बढाइएको छ ।
गण्डकी प्रदेश सरकारको रु ५० लाख अनुदानबाट रगेनी–तोरीखोला–ठानाहुँदै नगरपालिकाको केन्द्र मजुवाफाँट जोड्ने सडक स्तरोन्नति गर्न ठेक्कामार्पmत काम अगाडि बढाइएको हो ।
दुई वर्षमा कति किलोमिटर भयो कालोपत्रे ?
बलेवा–गण्डकी प्रदेश सरकारले जिल्ला ६५ किमी सडक कालोपत्रेको काम थालेको छ । बहुबर्षे योजनाअन्र्तगत गत आर्थिक बर्षमा सुरु भएर आगामी दुई वर्षभित्र काम सक्नेगरी छ सडक कालोपत्रे गर्न थालिएको हो ।
कुल ६५.४८ किलोमिटर सडक उक्त अबधिमा कालोपत्रे हुनेछ । पूर्वाधार कार्यालयले विभिन्न पाँचवटा सडकको सम्झौता गरेर काम अघि बढाइसकेको छ । बागलुङ, गलकोट, ढोरपाटन नगरपालिका, काठेखोला, बरेङका, ताराखोला गाउँपालिकाका बिभिन्न सडक योजनाहरु कालोपत्रे हुन थालेको कार्यालय प्रमुख शोभियत खड्काले जानकारी दिए ।
सदरमुकाम बागलुङ बजारबाट स्थानीय तहका केन्द्र तथा अन्तर स्थानीय तह जोड्ने सडकको कालोपत्रे सुरु भएको हो ।
बागलुङ –४ फेदीदेखि मालिका, कालिमाटी, काठेखोला गाउँपालिकाको भिमपोखरा, धम्जा तंग्राम, लेखानीहुँदै बागलुङ नगरकै तित्याङ्ग, भकुन्डे, भैरवस्थान जोड्ने सडक कालोपत्रेको काम भैरहेको छ । २०७६ असोज २८ गते सम्झौता भएको यो सडक कालोपत्रेको १४ किमी खण्डको काम सिंह किराटश्वर काष्टमाण्डप जेभीले गरिरहेको छ ।
एक वर्षमा पाँच किलोमिटरको काम सक्ने लक्ष राखिएको यस सडककोे भौतिक प्रगति ९७ प्रतिशत रहेको कार्यालयले उल्लेख गरेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले ५४ करोड कुल लागत अनुमान गरेको यस सडकको काम २७ करोड ६८ लाख रुपैयाँमा कम्पनीले ठेक्का पाएको थियो ।
कोरोना महामारीले काममा प्रभाव परेकाले समयमा सकिने सम्भावना कम रहेको प्रमुख खड्काले जानकारी दिनुभयो । यस सडक कालोपत्रेको काम २०७८ आसोज २७ सम्म सकिसक्नु पर्छ ।
जैमिनी नगरपालिका–१ कुश्मीसेरादेखी राङखानी राम्दुकहुँदै बरेङ शान्तीपुर सडक खण्डको खण्डमा कालोपत्रेको काम जारी छ । २०७६ असोज २८ गते सम्झौता भएको यस सडक कालोपत्रेको १० किमी खण्डको काम शर्मा क्याराभान जेभीले गरिरहेको छ ।
एक वर्षमा पाँच किलोमिटरको काम सक्ने लक्ष राखिएको सडककोे भौतिक प्रगति ८० प्रतिशत छ । हालसम्म सडकको काम २४ करोड ४५ लाख रुपैयाँमा कम्पनीले ठेक्का पाएको थियो । यस सडक कालोपत्रेको काम सक्ने सम्झौतामा २०७८ आसोज २७ सम्म सकिसक्नु उल्लेख छ ।
छिमेकी जिल्ला म्याग्दीको रुम जोड्ने गरी गलकोट नगरपालिकाको हरिचौरदेखि ताराखोला गाउँपालिकाको हिल र म्याग्दीको रुम सडकको मुख्यखण्ड स्तरोन्नतीको काम भैरहेको छ ।
कालोपत्रेको योजना रहेको यस सडक पहिलो चरणमा स्तरोन्नती काम भैरहेको कार्यालयले जनाएको छ । १०।८९ किलोमिटर सडक एपेक्स, खड्का किस्न कम्पनीले कामको जिम्मेबारी लिएको छ ।
नब्बे प्रतिशत भौतिक प्रगति देखिएको यो योजना २४ करोडभन्दा धेरै रकमको हो । जिल्लाको सुदुर पश्चिम भनेर चिनिने निसीभुजी क्षेत्रमा एउटामात्रै सडकको काम चलिरहेको छ । ढोरपाटन नगरपालिकाको दुवाडी गाडीखोला, चामीद्वार छ्यान्टुङहुँदै म्याग्दी जोड्ने १०।३९ किलोमिटर सडक कालोपत्रेको काम चलेको हो ।
गत बर्ष कात्तिकमा सम्झौता भएको यस योजनाको समयावधि आगामी कात्तिकमा सकिँदै छ । श्रेष्ठ क्याराभान कम्पनीले २५ करोडमा कामको जिम्मेबारी लिएको यो सडकमा भौतिक प्रगति ९० प्रतिशत रहेको छ ।
जिल्ला सदरमुकामलाई दक्षिणका पालिकाहरुसँग जोड्ने मालढुंगा, पाग्जा, बलेवा एरपोर्ट, कुश्मिसेरा सडक कालोपत्रेको काम चलिरहेको छ । प्यासेफिक कर्ण जेभीले निर्माणको जिम्मेबारी लिएको यस सडक कालोपत्रेको काम अन्तिम चरणमा छ ।
दश किमी खण्डमा धमाधम काम भैरहेको छ । गत आ।वमा सम्झौता भएका सडकमध्ये यस सडक समयअघिनै काम सक्ने पहिलो सडक बन्ने छ । रु २९ करोडमा निर्माणको सम्झौता गरेको कम्पनीले ९८ प्रतिशत भौतिक प्रगति देखाएको छ ।
आगामी चैत लागेपछि कालोपत्रे बिच्छाउने तयारीमा रहेको कम्पनीले चैतको अन्तिमसम्म सडक हस्तान्तरण गर्ने जनाएको छ । ताराखोलाको केन्द्र जोड्नेगरी कालोपत्रे योजना रहेको खरीखोला सर्पान्दीहुँदै गाउँपालिकाको केन्द्र जाने सडकको ठेक्का सम्झौता हुन सकेको छैन् ।
दश किमी सडकका लागि मन्त्रालयले ४७ करोड रुपैयाँबजेट बिनियोजन गरेको छ । बोलपत्र प्रक्रिया चलिरहेकाले एकदुई महिनामै यस सडक कालोपत्रे सुरु हुने कार्यालय प्रमुख खड्काले बताउनुभयो । गण्डकी प्रदेश सरकारले पालिका मुकाम जोड्ने र रणनितिक योजनामा समाबेश गरेर सडकहरु कालोपत्रे र स्तारोन्नतीको काम गरिरहेको हो ।
गाउँपालिकाको आफ्नै एम्बुलेन्स
गलकोट– कोरोना कहरमा एम्बुलेन्स विहीन बनेका गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । तीन महिना अघि भारत सरकारको सहयोगमा बडिगाड गाउँपालिकाले एम्बुलेन्स प्रापत गरेको थियो भने अहिले ताराखोला गाउँपालिकालाई प्रवासीको सहयोगमा एम्बुलेन्स प्राप्त भएको छ ।
ताराखोला गाउँपालिकालाई गलकोट समाज जापानको आर्थिक सहयोगमा खरिद गरेको एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
यसअघि गाउँपालिकाको आफ्नै एम्बुलेन्स थिएन । कोरोना महामारीमा गाउँपालिकाले बिग्रिएर थन्किएको एम्बुलेन्स लिएर मर्मत गरी चलाउदै आएको थियो ।
अध्ययन र रोजगारीको शिलशिलामा जापान पुगरे संगठिन भएका गलकोटेहरुले गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा समस्या भएको जनाउँदै ११ लाख रकम जुटाएर पठाएका थिए ।
रकम पठाएको ६ महिनामा सरकारी प्रक्रिया मार्फत कर छुट गरी एम्बुलेन्स खरिद गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । समाज जापानका पूर्व अध्यक्ष नरबहादुर थापा, लेखा समिति संयोजक तेज चालिसे लगायतले गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।
गाउँपालिकाको आफ्नै एम्बुलेन्स भएपछि विरामीलाई सहज हुँने गाउँपालिका अध्यक्ष घर्तीको भनाइ छ । गाउँपालिकाले एम्बुलेन्स चालक समेत नियुक्ति गरिसकेको छ ।
एम्बुलेन्स सञ्चालन कार्यविधि निर्माण गरी सुत्केरी र गर्भवतीलाई निःशुल्क, अति बिपन्न परिवारलाई छुटमा एम्बुलेन्स सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । गाउँपालिकाले एम्बुलेन्समा सुविधा थप गर्न झण्डै एक लाख खर्चने लक्ष्य राखेको छ ।
गाउँपालिकाले सहज रुपमा विरामीलाई अस्पताल पुयाउनका लागि एम्बुलेन्स सञ्चालनमा ल्याउन थालेको छ । गाउँपालिकाले संक्रमितलाई निःशुल्क बोक्दै आएको छ । अन्य विरामीलाई सर्भसुलभ दरमा एम्बुलेन्स सेवा दिने गरी गाउँपालिकाले चालक व्यवस्थापन गरेको हो ।
भाडाको एम्बुलेन्स सञ्चालन गर्दा बढी खर्चिलो र झन्झटिलो भएको भन्दै गाउँपालिका अध्यक्ष घर्तीले आफ्नै एम्बुलेन्स भएपछि सहज हुँने बताए । उनले ताराखोला गाउँपालिकाका जनतालाई सस्तो मुल्यमा एम्बुलेन्स सेवा दिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्ग देखिएका नाउर
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डोको साल्दाङ डोल्पा
मंसिर ९, २०८१ आइतबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
मंसिर ९, २०८१ आइतबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
आइतबार सुनको भाउ १७ सयले बढ्यो, तोलाको कति ?
मंसिर ९, २०८१ आइतबार