तपाईकाे साप्ताहिक राशीफल [ फागुन ०२ गते आइतबारदेखि ०८ गते शनिबारसम्म ]
नेपालबहस संवाददाता
फागुन २, २०७७ आइतबार ५:४६:४८
साप्ताहिक राशीफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- मंगलबार साँझसम्मको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ, खानपानमा ध्यान दिनुहोला । परिवार तथा आफन्तजन तपाईदेखि टाढिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुनसक्छ, काम गर्दा सजक भएर गर्नुहोला । मायाप्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । मंगलबार साँझबाट समय उत्तम रहेकोले आफूसँग भएका स्रोत साधनहरुलाई सही रुपमा परिचालन गरी आम्दानी बढाउन सकिनेछ । पुरानाे लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाईलेखाईमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि विषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथीभाईहरुसँगै रहेर मिठो खाना खाने तथा रमाईलाे गर्ने अवसर जुर्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यवसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिदैन् । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बढ्नेछ । बिद्यामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले अस्वभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मानसम्मान तथा इज्जतप्रतिष्ठा गुम्ने खतरा रहेको छ, सजक रहनुहोला । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्ला । आफन्त तथा परिवारजन तपाईदेखि टाढिन सक्छन् ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :-घरपरिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे धनआर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउन सकिनेछ । पढाईलेखाईमा मन जाने हुनाले अरुभन्दा अग्रस्थानमा तपाईको नाम आउनेछ । मायाप्रेममा सामिप्यता बढेर जाने योग रहेको छ । शुक्रबार दिउँसोबाट समय मध्यम रहेकोले गलत काम भुलेर पनि नगर्नुहोला, नराम्रो परिणाम भोग्नु पर्नेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ, सचेत रहनुहोला । घरायसी कुरामा आफन्तहरुबीच मनमुटाव सिर्जना हुनेछ भने मायाप्रेममा घटपट हुने योग रहेको छ । तरपनि लामोदुरीको विदेश यात्रा हुने तथा विदेशमाहुनेहरुले मनग्गे धनसम्पति जोड्ने ग्रहयोग रहेको छ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- समय उत्तम रहेकोले सांगीतिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मानसम्मान तथा इज्जतप्रतिष्ठामा बृद्धि हुनेछ । नीतिनिर्माण तहमा तपाईको सहभागिताले महत्वपूर्ण भूमिका खेल्नेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेकोछ । पढाइलेखाइमा सुधार गर्दै लान सकिनेछ तथा बित्तीय क्षेत्रसँग सम्वन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ । तरल पदार्थ तथा पानीसँग सम्वन्धित व्यापारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । घर परिवारबाट प्रशस्त सहयोग हुने तथा बुवाको सल्लाह मान्दै अगाडि बढ्दा मनग्ने फाइदा हुनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुदाँ मन प्रशन्न हुनेछ । भाग्यले प्रेमपात्र जुराउने ग्रहयोग रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- मंगलबार साँझसम्मको समय मध्यम रहेकोले कामगर्दा ख्याल गर्नुहोला, शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनि आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्रणय सम्वन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवनसाथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन् । भौतिक सम्पति तथा सवारीसाधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, अप्रिर्य घट्ना घट्न सक्छ । मंगलबार साँझबाट समय उत्तम रहेकोले महत्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागी अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपस्थिति रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्वन्धित व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे नाफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामोदुरीको व्यवसायिक यात्राको अधिक सम्भावना रहेको छ । सवारीसाधन तथा भौतिक सम्पति हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरी चेलीमाईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला, मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गरी मनग्गे धनआर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई साईड लगाउदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् । शुक्रबार दिउँसोबाट समय मध्यम रहेकोले बिनाकारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यवसायमा घाटा हुनेछ । सवारीसाधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घट्नाहरु घट्न सक्छ । व्यवसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउन हम्मे हम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य खराब हुन सक्छ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- मंगलबार साँझसम्मको समय मध्यम रहेकोले बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धि भने नगन्य जस्तै हुनेछ । मायाप्रेममा अविश्वास बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा नाफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहुन सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला, अनेक बाधा अड्चन आईलाग्नेछ । मंगलबार साँझबाट समय उत्तम रहेकोले सत्रु तथा प्रतिस्पर्धीहरुलाई हरेक क्षेत्रमा परास्त गर्दै भने जस्तो उपलव्धि हासिल गर्न सकिनेछ । आम्दानीका स्रोतहरु फराकिला पार्दै तत्काल नयाँ व्यवसाय थालनी गर्न सकिनेछ । पढाईलेखाईमा अरुलाई किनारा लगाउदै स्कूल तथा कलेजमा छुट्टै पहिचान बनाउन सकिनेछ । मायाप्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपाईको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ): – मंगलबार साँझसम्मको समय मध्यम रहेकोले आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छाती सम्वन्धी समस्या आउन सक्छ, ख्याल गर्नुहोला । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन्, ध्यान दिनुहोला । व्यापार व्यवसायमा प्रशस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ । मंगलबार साँझबाट समय उत्तम रहेकोले पढाईलेखाईमा सुक्ष्म तरिकाले गरिएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रबाट आउने आम्दानीले आर्थिक अवस्था मजभुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एकअर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा बंश बृद्धिको गतिलो योग रहेको छ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यवसायमा बढोत्तरीको योग रहेको छ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जाँगर चल्नेछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ भने थोरै बोलेर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले आमा तथा आफ्नैबाट टाढिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ । अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने साथीभाईले नै धोका दिन सक्छन् । स्थायी सम्पतिमा विवाद आउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- पुराना समस्याहरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने छोटोदुरीको व्यवसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । बिद्यार्थीहरुले आफ्ना प्रतिस्पर्धीहरुलार्ई सजिलै हराउन सक्नेछन् भने पढाईलेखाईमा भनेजस्तो नतिजा ल्याउन सकिने छ । अदालती निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । शुक्रबार दिउँसोबाट समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोशिश गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेको छ । सामाजिक मानसम्मानमा आघात पुग्ने योग रहेको छ । घरपरिवारबाट टाढा हुनुपर्दा नरमाईलो लाग्नेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- समय उत्तम रहेकोले कामहरु स्वतस्फुर्त रुपमा अगाडि बढ्नेछन् । साहसिलो काम गर्ने जोशजाँगर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपाईको नाम अग्रस्थानमा आउनेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न होईने छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मायाप्रेमको डोरो कसिलो हुनुको साथै घरपरिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनका साथ रमाईलो गरी समय कटाउन सकिनेछ । पढाइ लेखाइमा परिणाममूखी उपलव्धि हासिल गर्न सकिनेछ भने छोटोदुरीको शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । तपाईको याे साता दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको साप्ताहिक राशीफल [ साउन १ गते आइतबारदेखी साउन ०७ गते शनिबारसम्मको ]
साउन १, २०७९ आइतबार
तपाईको साप्ताहिक राशीफल [ असार २६ गते आइतबारदेखी असार ३२ गते शनिबारसम्म ]
असार २६, २०७९ आइतबार
तपाईको साप्ताहिक राशीफल [ असार १९ गते आइतबारदेखी असार २५ गते शनिबारसम्मको ]
असार १९, २०७९ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार