प्रदेश १ को तेस्रो वार्षिकोत्सव, समृद्धि र समुन्नतिको लक्ष्य हासिल
नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार १८:३२:१८
३ फागुन,विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकार समृद्धि र समुन्नतिको लक्ष्य हासिल गर्नेतर्फ अघि बढिरहेको बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित प्रदेश सरकार स्थापनाको तेस्रो वार्षिकोत्सव समारोह उद्घाटन गर्दै उनले राष्ट्रिय हित, लोकतान्त्रिक गणतन्त्रको स्थापना र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटकपटक गरेको ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासको स्मरण गरेका छन् ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति सामन्ती, निरङ्कुशतन्त्रको विरुद्ध आफूलाई समाहित गर्ने, जीवन उत्सर्ग गर्ने महान शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता तथा पीडित परिवारप्रति हार्दिक सम्मान व्यक्त समेत गरेका थिए ।
प्रदेश प्रमुख ‘प्यासी’ले कोभिड–१९ को प्रतिकूल परिस्थितिका बाबजुद पनि उत्साहजनक प्रगति हासिल गर्न र जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गर्न प्रदेश सरकार सफल भएको भन्दै सरकार ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को प्रादेशिक लक्ष्य निर्धारण गरी अघि बढिरहेको बताए ।
उनले प्रदेश विकासको अभियानमा ‘हामी साथ साथ छौँ’ भन्ने नवीन संस्कारलाई प्रेरित गरेको उल्लेख गर्दै सङ्घ र स्थानीय तहबीच कडीका रुपमा रहेको प्रदेशको भूमिकालाई स्थापित र पक्षपोषण भइरहेको बताएका छन् ।
उनले सरकारले कूल ११३ कानूनी दस्तावेज तयार गरिएको जानकारी दिँदै रु २५ करोडको कोरोना जनसुरक्षा कोष स्थापना भएकामा खुशी व्यक्त गरेका छन् । सरकारले प्रदेश लगानी प्राधिकरण, गरीबसँग खाद्यान्न कार्यक्रम, भगत सर्वजित कार्यक्रम, लघु उद्यम कार्यक्रम, सीप विकास तालीम, प्रविधि हस्तान्तरण कार्यक्रम, मकै उत्पादकत्व सुधार विशेष कार्यक्रम, मकैखेती विस्तार कार्यक्रम, चैतेधान विशेष सहयोग कार्यक्रम, प्रदेश प्रमुख ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम, स्वस्थ जीवन प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै प्रमुख ‘प्यासी’ले ढाका र अल्लो जोन स्थापना गरिएको बताएका छन् ।
उनले प्रदेशमा ८७ किमी पर्यटकीय पदमार्ग निर्माण, १४ वटा पर्यटन भ्यू–टावर र १५० पर्यटकीय पार्क निर्माण भएको जनाउँदै इलामको कन्याममा चिया परीक्षण, अनुसन्धान तथा प्रर्वद्धन केन्द्र स्थापना हुनु, प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, हाम्रो गौरव हाम्रै शान, सगरमाथा र केचनाले प्रदेशकै राख्छ उच्च मान तथा प्रदेशको शान, सबैको अनुहारमा मुस्कानको नारा नीति तथा कार्यक्रममा समावेश गरी सोही अनुसारको क्रियाकलाप गर्नु सरकारको कार्यकौशलतालाई प्रष्ट पारेको बताएका छन् ।
उनले दिगो शान्ति, सुशासन, विकास र समृद्ध प्रदेश निर्माण गर्ने कार्यमा प्रदेश सरकार लागि रहने कुरामा आफू विश्वस्त रहेको चर्चा गर्दै देशमा राजनीतिक स्थिरता, दिगो शान्ति स्थापना, सुशासन, वित्तीय अनुशासन, मितव्ययिता, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता कायम गरी राष्ट्रको दिगो विकास गर्न सकेमा मात्र जनताका मनोकांक्षा पूरा हुने विश्वास व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख ‘प्यासी’ले प्रदेश सरकारको तेस्रो वार्षिकोत्सको सुखद अवसरमा सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुस्वाथ्य, दीर्घायु, उन्नति, उत्तरोत्तर प्रगति र सफलताको हार्दिक शुभकामना पनि व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार