मानव बेचबिखन प्रभावितहरुको बागमती प्रदेश स्तरीय संजाल गठन
नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार १९:२८:२०
३ फागुन, काठमाडौं । मानव बेचबिखन प्रभावितहरुको बागमती प्रदेश स्तरीय संजाल गठन भएको छ। काठमाडौं बानेश्वरको सिद्दार्थ फुड ल्याण्डमा आयोजना गरिएको मानव बेचबिखन प्रभावितहरुको भेलाले कुलमाया छुमी अध्यक्ष र शान्ति लामा सचिव रहेको प्रदेस स्तरीय संजाल गठन गरेको हो।
करिव ४ दशक देखि मानव बेचबिखन र प्रभावितहरुको क्षेत्रमा सक्रिय रहदै आएकी मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालको प्रमुख आतिथ्यतामा भएको भेलामा मानव बेचबिखन प्रभावितहरुको रास्ट्रिय संजालकी अध्यक्ष चरिमाया तामांग ,अभिमुखीकरण कार्यक्रमकी श्रोत व्यक्ति सिर्जना काफ्ले ,शक्ति समुहकी कार्यकारी निर्देशक बालमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले शक्ति समुह र संजालले आगामी दिनमा बेच बिखनमा परेका र प्रभावितहरुका लागि एक रास्ट्रिय नीति तयार गर्न वकातल र दवाव दिनुपर्ने बताउदै यसका लागि आफ्नो स्थानबाट सकेको सहयोग गर्ने प्रतिवदत्ता ब्यक्त गरेकी थिइन्।
हाल सम्म सुदुर पश्चिम ,बागमती र लुम्बिनी प्रदेस स्तरीय संजाल गठन गरेको मानव बेचबिखन प्रभावितहरुको रास्ट्रिय संजालले आगामी दिनमा अन्य प्रदेस मा पनि संजाल गठनको तयारी गरिएको रास्ट्रिय संजालकी अध्यक्ष चरिमाया तामांगले जानकारी दिएकी छन।
पर्पल फाउन्डेसनको ऐकेवदत्तामा भएको संजाल गठन तथा अभिमुखीकरण कार्यक्रममा प्रदेस स्तरीय संजाल गठन र परिचालन मार्फत मानव बेच बिखनको सवाललाई रास्ट्रिय मुद्दाको रुपमा उठान गर्ने जानकारी दिइएको थियो।
रास्ट्रिय मानव अधिकार आयोगको मानव बेच बिखन सम्बन्धि रास्ट्रिय प्रतिवेदनमा सन् २०१९ मा लगभग १.५ लाख ब्यक्तिहरु जोखिममा रहेको जानकारी दिइएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार