पिछडिएका वर्ग र समूदायलाई शिक्षा ग्रहण गर्न प्रेरणा मिलोस : मुख्यमन्त्री राउत
नेपालबहस संवाददाता
फागुन ४, २०७७ मंगलबार १८:८:५७
४ फागुन,जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सरस्वती पूजाका अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
वसन्त पञ्चमीको अवसरमा वैदिककालदेखि ज्ञानको ज्योतिका रुपमा सरस्वती पूजा गरी मनाइँदै आएको उल्लेख गर्दै उनले, सर्जक, साहित्य र कला क्षेत्रका साधक तथा ज्ञान अध्येताहरु आ–आफ्ना विद्यामा थप ऊर्जा प्रदान् गरून भन्ने कामनासमेत गरेका छन् ।
उनले विज्ञप्तिमा विद्याको क्षेत्रमा पछाडि परेका वर्ग र समूदायलाई शिक्षा ग्रहण गर्न प्रेरित पनि गरून् भन्ने धारणा राखेका छन् ।
त्यस्तै वसन्त ऋतुको आगमनका साथ विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको आज बिहानैदेखि पूजापाठ भइरहेको छ । ज्ञान, बुद्धि र विवेकका लागि श्रद्धाका साथ जनकपुरधामलगायत विभिन्न ठाउँका साथै घर–घरमा विद्यार्थीका साथै कलमजीवीहरुले ज्ञान, बुद्धि र विवेकका लागि विद्याकी देवी सरस्वतीको अपार श्रद्धाका साथ पूजापाठ गरिरहेका छन् ।
धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा मनाइने वसन्तपञ्चमीमा सरस्वती मन्दिरका साथै विभिन्न टोलमा माटोको कलात्मकमूर्तिमा आज विधिवत् रुपमा भक्तजनले प्राण प्रतिष्ठा गरी उत्साह एवं उल्लासमय वातावरणमा पूजापाठ गरिरहेका छन् । विद्यार्थीहरुले बिहानै स्नान गरी आ–आफ्ना घरमा पुस्तक र कलमको अनिवार्य रुपमा पूजा गर्ने गर्छन् । सोही अवसरमा बुनिया, बयर , शखरखण्ड र सुन्तला अनिवार्य रुपमा प्रसादका रुपमा चढाउने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार