विपत्तिलाई मध्यनजर राख्दै रसुवामा पूर्व तयारीका सामग्री सङ्कलन
नेपालबहस संवाददाता
फागुन ४, २०७७ मंगलबार १८:२३:३५
४ फागुन,रसुवा । विभिन्न पर्नसक्ने विपत्तिलाई मध्यनजर राख्दै पूर्व तयारीका सामग्री सङ्कलनमा पहिलो प्राथमिकता दिइने भएको छ । वर्षायाममा बाढीपहिरोबाट प्रभावित हुने र हिउँद याममा लाग्ने वन जङ्गलका डडेलो नियन्त्रणमा मद्दत पु¥याउने खालका यथेष्ठ सामग्री भण्डारण गर्नुपर्ने आवश्यकता औँल्याइएको हो ।
सुरक्षा निकाय, सरोकारवाला र गैरसरकारी संस्थाबीच सोमबार जिल्ला प्रशासन कार्यालय रसुवामा आयोजित पर्नसक्ने विपद् र समाधानका विषयक कार्यक्रमले विपद्को अवस्थामा खोज, उद्वार एवं तत्कालको राहत र वन जङ्गलको डडेलो नियन्त्रणका सामग्री भण्डार व्यवस्थामा पहिलो प्राथमिकता दिने तय भएको हो ।
सरकारी निकायको साथै जिल्लास्थित नेपाल रेडक्रस, अपाङ्गता पुनःस्थापना केन्द्र र ट्रान्सफरेन्सी इन्टरनेशनल निकायसमेतका प्रतिनिधिको उपस्थितिमा भएको समीक्षा कार्यक्रमले रसुवामा बढी भिरपाखो भएका कारण डडेलो नियन्त्रणमा भने सफलता हासिल गर्न नसकेको सहभागीले बताए । गत महिना हाकु क्षेत्रको जङ्गलमा लागेको डडेलो तीन दिनको प्रयासमा अग्नि रेखा बनाएर नियन्त्रणमा ल्याइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताएका थिए । भौगोलिक विकटता, बढी भीरपाखो, अधिकांश समय चलिरहने हावाहुरी जस्ता कारण रसुवाको जङ्गलमा अचानक लाग्ने डढेलो नियन्त्रणमा कठिनाइ हुने गरेको वन प्राविधिकले बताएका छन् ।
रसुवाको जङ्गल समय–समयमा धेरै डडेलोको चपेटामा पर्ने र डडेलो किन लगाइन्छ दोषी को हो भन्ने विषयमा खोजी गर्ने निकायले बेवास्ता गर्दा वर्षेनी जङ्गलका स–साना वनस्पति नोक्सान हुँदै गएको स्थानीय बासिन्दाले बताएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिमा खोज उद्वारका केही सामग्री मौज्दात रहेको जनाउँदै प्रजिअ पन्तले अपुग सामग्री जुटाउने प्रयासमा आफू अगाडि बढिरहेको बताएका थिए । यस चालू आर्थिक वर्षमा दुई वटा घरमा आगलागी हुनुको साथै वन कार्यालयको हाकु, लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको ग्राङ एवं यार्सा क्षेत्रको जङ्गलमा डडेलो लागेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार