विद्याकी देवीको पूजा गर्न सरस्वती कुण्डमा भक्तजनको भीड
नेपालबहस संवाददाता
फागुन ४, २०७७ मंगलबार १८:५५:३८
४ फागुन,ललितपुर । गोदावरी नगरपालिका–५ लेलेस्थित तिलेश्वरको सरस्वती कुण्डमा भक्तजनको भीड लागेको छ । यहाँ हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमी अर्थात् ‘श्रीपञ्चमी’ पर्वका दिन दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।
विद्याकी देवी सरस्वतीको पूजा र आराधना गर्न थुप्रै श्रद्धालु भक्तजन लेले सरस्वती कुण्ड आएका नं ५ का वडाध्यक्ष मिलन सिलवालले बताएका छन् । लेले सरस्वती कुण्डको पानी बालबालिकालाई खुवाएपछि बोल्न नजान्नेको वाक्य फुट्ने र पढ्न नजान्नेको पढाइमा सुधार हुने विश्वास रहँदा धैरै भक्तजनले आफ्ना छोराछोरीलाई सरस्वतीको दर्शन गराउन ल्याइरहेका ज्ञानकुण्ड ल्याउने गर्दछन् । मन्दिरमा साना बालबालिकालाई ल्याएर सात गेडा नकाटिएको अक्षताका साथै कुण्डको जल खुवाउँदा वाक्य फुट्ने अनि बाधा हट्ने मान्यता पनि रहेको छ ।
मन्दिरका पुजारी नयन्द्रप्रसाद भट्टराईका अनुसार आज श्रीखण्ड चन्दनले बालबालिकाको जिब्रोमा सरस्वतीको मन्त्र लेखिदिँदा सजिलै विद्या आर्जन गर्न सफल हुने बुझाइका साथ मन्त्र लेखाउने चलन छ ।” परापूर्वकालमा बृहस्पति ऋषिले सो स्थानमा बसेर तपस्या गर्दा तिलेश्वर महादेव उत्पत्ति भई माता सरस्वतीको आह्वान गर्न लगाएपछि ऋषिले सरस्वतीको आह्वान गर्दा सरस्वती जलका रुपमा उत्पत्ति भई बसेको भन्ने धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
सरस्वती कुण्ड परिसरमा विसं १८७६ मा लेखिएको एक शिलालेखमा काठमाडौँ फर्पिङका आचार्यले सो मितिमा लेले आई कुण्डको लेउ सफा गरेको कुरा उल्लेख छ । लेले तिलेश्वरमा सरस्वती कुण्डका साथै तिलेश्वर महादेव मन्दिर, गङ्गाजमुना पोखरी, गणेश, कुमार, नवदुर्गालगायत मूर्ति पनि छन् । सो मन्दिर पुग्न लगनखेलबाट चापागाउँ हुँदै लगभग १६ किलोमिटर दूरी पार गर्नुपर्छ । लेले चारैतिर हरिया डाँडाले भरिएको क्षेत्र हो । क्षत्री, तामाङ, नगरकोटीको बसोबास रहेको लेले शहर ललितपुरको एक प्रसिद्ध स्थान मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार