शुरु हुन थाले कोरोनाका कारण बन्द रहेका खेलकूद प्रतियोगिता
नेपालबहस संवाददाता
फागुन ४, २०७७ मंगलबार २०:४४:५९
४ फागुन,बलेवा । तमानखोला गाउँपालिका– ५ घर भएकी तिर्सना सिर्पाली गलकोटमा आएर भलिबलको बन्द प्रशिक्षणमा सहभागी भईन् । उनले मुख्यमन्त्री कपदेखि राष्ट्रिय खेलकूद प्रतियोगितामा पुरस्कार जित्ने योजना रहेको सुनाईन् ।
लामो समयदेखि रोकिएको खेल गतिविधिले अल्छी बनेकी उनी खेलको प्रशिक्षण शुरु भएपछि खुशी भएकी छिन् । उनी मात्र होईन सिसाखानीकी रेखा राना, रणसिंकिटेनीकी लुनु श्रीषले पनि प्रशिक्षण लिइसके । कोरोना सङ्क्रमण र लकडाउनका कारण लामो समय बन्द खेल गतिविधि शुरु भएपछि खेलाडी मात्र हैन, ग्रामीण भेगका अधिकांश मानिसमा रौनक छाएको छ ।
खेल प्रशिक्षण हेर्न कतिपय पुग्न थालेको भलिबल सङ्घ बागलुङका उपाध्यक्ष कमला श्रीषले बताए । कोरोनाका कारण रोकिएका अधिकांश खेलका गतिविधि अहिले बढेका छन् । बागलुङमा क्रिकेट, भलिबल र फुटबलका प्रतियोगिता र प्रशिक्षण शुरु भएका हुन् ।
सङ्घले गलकोट नगरपालिकाको सहयोगमा महिला तथा पुरुष भलिबलको बन्द प्रशिक्षण चलाएको थियो । विद्यालय र पालिका तहबाट छनोट भएका खेलाडीलाई प्रशिक्षणमा राखिएको हो । प्रशिक्षणमा रहेका खेलाडीले पोखरामा हुने मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा उपाधि जित्ने दाबीसमेत गरेका छन् ।
जिल्ला तहका खेल समिति भङ्ग भएको, राष्ट्रिय खेलकूद परिषद्बाट बजेट नआउने तर क्रियाकलाप गर्न मात्रै निर्देशन आउने गरेकोले खेल गतिविधि गर्न चन्दाको भर पर्नु परेको उनले बताए । स्थानीयवासीले चन्दा उठाएरै ढोरपाटन, जैमिनी र गलकोट नगरपालिका तथा तमानखोला, निसीखोला र बडिगाड गाउँपालिकामा भलिबल छनोट प्रतियोगिता गरेका थिए । अन्य चार पालिकामा भने प्रतियोगितानै हुन नसकेको हो ।
सदरमुकाममा भने बागलुङ नगरपालिकाको सहयोगमा शहीद स्मृतिकप क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ । प्रतियोगितामा दर्जन टिमले भाग लिएका थिए । फुटबलका लागि पनि केही समयदेखि सामान्य गतिविधि सञ्चालनमा आएका छन् । सदरमुकामस्थित बाङगेचउर खेल मैदानमा ती प्रतियोगिता सञ्चालनमा आएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
मनाङेले छोडेको मन्त्रालयमा कांग्रेसका पौडेल नियुक्त
कात्तिक ५, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
नेपालले आज ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै
कात्तिक ३०, २०८१ शुक्रबार
मिर्गौलापीडित वडाध्यक्ष साहको निधन
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुला दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, अन्य ६ घाइतेको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
पहाडी भागमा मौसम सफा रहने, तराईमा बाक्लो हुस्सु
कात्तिक ३०, २०८१ शुक्रबार