बजार नपाएपछि किसान आन्दोलित, नगरपालिकामा टमाटर फालेर बिरोध
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार १४:१०:४६
५ फागुन, नवलपरासी । किसानले बजार नपाएपछि नगरपालिका परिसरमै फालिदिए टमाटर विरोध गरेका छन् । दुःख गरेर फलाएको टमाटरले बजार नपाएको भन्दै पश्चिम नवलपरासीको बर्दघाटका किसानहरुले बर्दघाट नगरपालिका परिसरभित्रै टमाटर फालिदिएर विरोध जनाएका हुन् ।
स्थानीय किसानहरुको उत्पादनले बजार नपाउने र भारतीय आयातित टमाटर खुल्लेआम बिक्री हुने गरेको भन्दै उनीहरुले नगरपालिकाको गेटदेखि प्रत्येक कोठा र गल्लीमा टमाटर फालेर बिरोध जनाएका हुन् ।
किसानहरुले नगरप्रमुख धिरज शर्मा बस्याललाई आफ्ना समस्या र माग समेटेर तयार पारिएको ज्ञापन पत्र बुझाउन खोजेका थिए । तर नगर प्रमुख बस्याल भने उपस्थित भएनन् । नगर प्रमुख ज्ञापनपत्र बुझ्न नआएको भन्दै किसानहरु थप आक्रोशित हुँदै नाराबाजी गरेका थिए ।
किसानहरुले नगर प्रमुख बस्यालको कार्यकक्षमा पनि टमाटर फाल्न खोज्दा नगर प्रहरीले रोक्ने प्रयत्न गरेको थियो । त्यसपछि वडा नं. १४ र ७ का किसानहरुले बिरोधका क्रममा दुईवटा गाडीमा ३० क्विण्टल टमाटर ल्याएर नगरपालिकाको गेटदेखि प्रत्येक कोठा र गल्लीमा फालेका हुन् ।
किसानको भिडलाई नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमालले सम्बोधन गर्दै किसानहरु आन्दोलित हुने स्थिति सिर्जना हुनु दुःखद भएको भन्दै किसानहरुको मर्कामा आफू पनि सँगसँगै रहने बताएका थिए ।
विरोध कार्यक्रमलाई बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का नगर इञ्चार्ज रुद्र प्रकाशलगायतले सम्बोधन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार