बाँसबारीबाट गायत्री परिवारलाई हटाउन खोजेकामा महासङ्घको आपत्ति
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार १६:१६:४३
५ फागुन,काठमाडौं । काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारीमा गायत्री परिवारलाई विश्व शान्ति एवं कल्याणको सङ्कल्पले यज्ञ गरिरहेको स्थानबाट हटाउन खोजिएकामा विश्व हिन्दू महासङ्घले आपत्ति जनाएको छ ।
महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले मङ्गलबार प्रकाशित गरेको विज्ञप्तिमा महानगरपालिका–३ कार्यालयले गत माघ २८ गते गायत्री परिवारलाई पत्र लेखी स्थान खाली गर्न भनेको प्रति आपत्ति जनाएका हुन् । पन्ध्र वर्षअघिदेखि स्थानीय सरकारको सहमति र स्थानीय समाजको सहभागितामा बाँसबारीमा खाली रहेको सार्वजनिक जग्गा सफाइ गरी दिव्यधामको परिकल्पना गरेर सामान्य पवित्र कुटी निर्माण गरी नित्य जप, ध्यान, भजनकीर्तन, अखण्ड दीप प्रज्वलन र नित्य पूजन तथा हवन गरी ठूलो जनसमुदाय लाभान्वित भएको महासङ्घले जनाएको छ ।
राष्ट्र शान्ति, समृद्धि तथा विश्व शान्तिको कामनाले गायत्री परिवारले आध्यात्मिक अभियान चलाउँदै आएको छ । विगतमा वडा कार्यालयले गायत्री परिवारका गतिविधिको निरीक्षण गरी सहयोग गर्ने, सिफारिस गर्ने लगायतसमेत गर्दै आएको महासचिव न्यौपानेले बताएका छन् । मन्त्रहरुको पनि मूल गायत्री मन्त्र उत्पत्ति भएको नेपाललाई विश्वमै चिनाउने उद्देश्यले काम गरिरहेका बेला वडा कार्यालयले गरेको हस्तक्षेप बन्द गर्न महासङ्घले सरकारसँग माग गरेको छ । नेपाललाई गुरु राष्ट्र बनाउने अभियानमा रहेको संस्थामाथिको हस्तक्षेप समग्र देशप्रतिकै आक्रमण भएकाले यसविरुद्ध एक हुन पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।
देशको गौरव बढाउन काम गरिरहेको संस्थालाई साथ र सहयोग दिनुको सट्टा उखेल्ने र लखेट्ने उद्देश्यले स्थानीय सरकार लागिपरे महासङ्घलगायत देशभर छरिएर रहेका ९४ प्रतिशत ओमकार परिवार आन्दोलनमा उत्रन बाध्य हुने पनि उनले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार