उपरदाङगढीको संरक्षणमा नेपाली सेना
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार १६:२२:१८
५ फागुन,चितवन । भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षणसम्बन्धमा स्थानीयवासीसँग छलफल गरेको छ । यससँगै सो क्षेत्रको सरसफाइ गरिएको छ ।
गणका निमित्त गणपति सेनानी पदमबहादुर क्षेत्रीका अनुसार नेपाली सेना र स्थानीय सरोकारवालाबीच मङ्गलबार उपरदाङगढी संरक्षणका विषयमा छलफल र सरसफाइ गरिएको हो । सो अवसरमा उपरदाङगढी रहेको इच्छाकामना गाउँपालिका–७ का वडाध्यक्ष बमबहादुर थापा, उपरदाङगढी संरक्षण समितिका अध्यक्ष झलक रानामगर, सचिव गणेशबहादुर थापा, बालकुमारी टोल विकास संस्थाका अध्यक्ष अमरबहादुर गुरुङलगायतले उपरदाङगढीको ऐतिहासिक महत्वका बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए ।
सन् १९६० को दशकमा सो ठाउँ चितवनको सदरमुकाम रहेको थियो । पुरातत्व विभागका अनुसार यस क्षेत्रमा तत्कालीन समयमा जिल्लाका सम्पूर्ण सरकारी कार्यालय रहेका थिए । तत्कालीन दाहाखानी गाउँ विकास समितिमा पर्ने सो स्थान सामुद्रिक सतहदेखि एक हजार २७५ मिटर उचाइमा रहेको छ । बाइसे–चौबीसे राज्य एकीकरणका समयमा अङ्ग्रेज फौजविरुद्ध युद्धको समयमा नेपालको रक्षाका लागि सन् १८०० को शुरुआतमा शत्रुभञ्जन शाहले सो गढी निर्माण गरेको बताइन्छ । सो स्थानमा तीन फिट चौडाइ तथा छ फिट उचाइ भएको प्रवेशद्वार, कोतघर, कालिका र सिद्धबाबाको प्रतिमा, इनारलगायतका संरचना छन् ।
ढुङ्गा, माटो र चुनबाट निर्माण गरिएको गढीको बाहिरी भागको मोटाइ तीन फिट छ । यस स्थलमा नौवटा सेन्ट्रीपोष्ट, चारै दिशा तोप पड्काउने नौवटा खुला झ्याल बनाइएको छ । किल्लाको दक्षिणी भागमा भगवान् शिव र कालिकाको मन्दिरको भग्नावशेष रहेको इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले बताएकी छिन् । गढीको प्रवेशद्वारमा गणेश मन्दिर रहेको छ । बज्रयोगिनी, बालकुमारी देवीको मन्दिर पनि सँगै छ । नेपाली सेनाले गढीहरुको संरक्षण गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार