पदभार ग्रहण गरेसंगै भूमिसम्बन्धी समस्या समाधान गर्ने मोक्तानको प्रतिवद्धता
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार २०:३७:५२
५ फागुन,चरीकोट । भूमिसम्बन्धी समस्याको सामधान गर्न सरकारले हालै गठन गरेको भूमि समस्या सामधान आयोग दोलखाका अध्यक्ष धमेन्द्र मोक्तानले आज पदभार ग्रहण गरेका छन् । मोक्तान सो पदमा केही दिनअघि नियुक्ति भएका थिए ।
मोक्तानलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे र प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले पदभार ग्रहण गराएका थिए । पदभार ग्रहण गर्दै अध्यक्ष मोक्तानले दोलखामा भूमिसम्बन्धी देखिएको सबैखाले समस्यामा छलफल र समन्वय गरी आफ्नो कार्यकालमा समाधान गर्ने बताएका छन् ।
दोलखाको सबै स्थानीय तहमा जग्गासम्बन्धी सीमा विवाद, सार्वजनिक जग्गाको विवाद, वनको जग्गाको विवाद, गुठीसम्बन्धी जग्गाको विवादहरू रहेको र ती विवादलाई नापी, मालपोत, वन तथा सम्बन्धित निकायसँग आफूले छलफल र समन्वय गरी समाधान गर्ने अध्यक्ष मोक्तानले बताएका छन् ।
जिल्लामा अन्य समस्या धेरै भए पनि सुकुमवासीसम्बन्धी समस्या खासै नभएको र सुकुम्वासीको हकमा एक महिनाभित्र लालपुर्जा पाउने गरी काम गर्ने उनले बताए । भूमिसम्बन्धी समस्याको समाधन गर्न आयोगको दोलखामा नियुक्त भएका विज्ञ सदस्य बद्रि बुढाथोकी र सदस्य गोमा केसीले पनि आजै पदभार ग्रहण गरेका छन् ।
दोलखामा भूमि समस्या समाधानका लागि आयोगको कार्यालय स्थापना भएसँगै विवाद समाधान हुने अपेक्षासहित नागरिक खुशी भएका छन् । जिल्लाका सात गाउँपालिका र दुई नगरपालिका रहेको सबै स्थानीय तहमा जग्गासम्बन्धी विवाद रहँदै आएको छ । सबै स्थानीय तहमा विभिन्न किसिमको ३५ देखि ४० ठाउँमा भूमिसम्बन्धी समस्या रहेको जिल्ला समन्वय समिति दोलखा प्रमुख पाण्डेले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार