कांग्रेसको १४ औं महाधिवेशन भदौमा गर्ने प्रस्ताव
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार २३:१७:५४
५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको बहुप्रतिक्षित महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा पेश हुने भएको छ । यद्यपि यो मितिमा १०-१५ दिन तलमाथि हुनसक्ने नेताहरुले बताएका छन् ।
पाँच वर्षमा पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधान अनुसार ६ महिना म्याद थपका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।बैठकका लागि सानेपा पुगेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छलफल भएपनि सहमति हुन सकेको छैन् ।
कांग्रेसले १४-१९ महामारीका कारण त्यो कार्यतालिका अनुरुप काम हुन नसकेकाले महाधिवेशन असम्भव भएपछि महाधिवेशनको मिति सार्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद यही फागुन १९ गतेसम्म मात्रै छ । देउवाको ४ वर्षे कार्यकाल २०७६ फागुन १९ मा नै सकिन्थ्यो । तर, विधानमा रहेको केन्द्रीय कार्यसमितिको बहुमतबाट एक वर्ष म्याद थप्न सक्ने प्रावधानमा टेकेर यही फागुन १९ सम्म पुर्याइएको हो । अब थप्ने केन्द्रीय कार्यसमितिको म्याद पार्टी विधानअन्तर्गत नभई संविधानमा भएको विशेष परिस्थिति उत्पन्न भएमा थप्न सक्ने प्रावधानमा टेकेर थपिने छ ।
नेपालको संविधान २०७२ को धारा २६९ को उपधारा ४ (ख) मा ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ, तर विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन,’ भन्ने उल्लेख छ ।
यो प्रावधानमा टेकेर कांग्रेसले केन्द्रीय कार्यसमितिको म्याद ६ महिना अर्थात आगामी भदौ १९ गतेसम्मका लागि थप्न सक्छ । त्यो समयसम्म पनि कांग्रेसले पार्टीको १४ औं महाधिवेशन गर्न नसके कांग्रेसको वैधानिकता समाप्त हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
काठमाडौं उपत्यका र अन्य भागमा गरी अहिलेसम्म ३० जनाको मृत्यु, ११ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
डेंगु नियन्त्रण नीति निर्माण गर्न डाक्टर शेरबहादुर पुनको नेतृत्वमा कार्यदल गठन
असोज १२, २०८१ शनिबार
मेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना
असोज १२, २०८१ शनिबार
काठमाडौँ उपत्यकाबाट ७५० जनाको सकुशल उद्दार, प्रतिकार्य कमाण्ड पोष्ट सक्रिय
असोज १२, २०८१ शनिबार
न्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
बाढीले बगाएको ग्याँस बुलेट एमालेको केन्द्रीय कार्यालय नजिक अड्कियो
असोज १२, २०८१ शनिबार