म्यानपावरलाई शाखा कार्यालय खोल्न दिने सरकारको तयारी
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार २३:४१:३२
५ फागुन, काठमाडौं । म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय विस्तारका लागि सरकारले पुनः अनुमति दिने भएको छ । वैदेशिक रोजगार विभागले म्यानपावरलाई शाखा कार्यालय खोल्न दिनेबारे व्यवसायी र सरोकारवालासँग छलफल अघि बढाएको बताएको छ ।
यसअघि पनि शाखा कार्यालय विस्तारका लागि अनुमति दिने गरिएकोमा जिल्लाहरुमा ठगी बढेको र नियमनमा समस्या भएको भन्दै शाखा खोल्न रोकिएको थियो । तर अहिले पुन खोल्नका लागि अनुमति दिन लागिएको छ । अहिलेसम्म २७ वटा म्यानपावरले शाखा कार्यालय खोल्न अनुमति पाएका छन् ।
म्यानपावर कम्पनीहरुको शाखा कार्यलय नहुदा अवैध एजेन्ट अर्थात् दलालको सक्रियता बढन थालेको र वैदेशिक रोजगारीलाई ‘ठगीको धन्दा’ बनेको भन्दै विभागले म्यानपावरहरुलाई शाखा विस्तारका लागि अनुमति दिन छलफल अघि बढाएको बताएको छ ।
वैदेशिक रोजगार ऐनमा पनि म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय खोल्न दिन सकिने उल्लेख छ । यसरी म्यानपावरलाई जिल्लासम्म विस्तार हुन दिदा एजेन्टबाट भइरहेको ठगी घट्ने विश्वास सरकारले लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
सामाजिक सुरक्षा कोष: १८ लाख नजिक श्रमिक, ९९ अर्ब १८ करोड लगानी
मंसिर १२, २०८१ बुधबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार