चितवन राष्ट्रिय निकुञ्जमा रोकिएन गैँडा मर्ने क्रम
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार १६:३६:५२
६ फागुन,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चोरीशिकारी र प्राकृतिक कारणले निरन्तर गैँडा मर्ने क्रम रोकिएको छैन । बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका–१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा करिब दुई वर्ष उमेरको पोथी बच्चा गैँडा मृतावस्थामा फेला परेको छ । सो गैँडाको बच्चा प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुमान गरिएको उनले बताए ।
मृत्युको कारणबारे थप अध्ययनका लागि आवश्यक नमूना सङ्कलन गरी भेटेरिनरी शाखामा पठाइएको छ । उक्त बच्चाको ब्रह्म खाग खुर सुरक्षित रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म योसहित २५ गैँडा मरेका छन् । तीमध्ये चार वटा शिकारीले मारेका हुन् भने २१ प्राकृतिक कारणले मरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार